भोटेकोशी बाढीका कारण २३औँ निजामती सेवा दिवसका कार्यक्रम रद्द
काठमाडौं । आज २३औँ निजामती सेवा दिवस मनाइँदैछ । नेपालमा निजामती सेवा गठन भएको लामो समयपछि विसं २०६२ भदौ २२ गतेदेखि औपचारिक रूपमा निजामती सेवा दिवस मनाउन थालिएको हो ।
विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिनको स्मरणमा हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिएको छ । हाल नेपालमा करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् ।
तर, यस वर्ष भने सरकारले २३औँ निजामती सेवा दिवसका लागि तय गरिएका सम्पूर्ण कार्यक्रम रद्द गरेको छ ।
निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले कार्यक्रम रद्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार रसुवागढीस्थित नेपाल–चीन सीमाक्षेत्रमा आएको भीषण बाढीबाट उत्पन्न विपद्का कारण मुलुक शोकमा रहेको तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरू खोज, उद्धार तथा राहत कार्यमा खटिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै यस वर्षका सबै कार्यक्रम रद्द गरिएको हो ।
सरकारले २३औँ निजामती सेवा दिवसका लागि विनियोजन गरिएको बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस