Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ


    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    बुधबार सभामुख डोलप्रसाद (डीपी) अर्यालले सभापति पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

    समितिमा रहेका सबै दलका सदस्यको सर्वसम्मत समर्थनमा सभापति चयन भएका पराजुलीले शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको बाढीबाट भएको क्षतिको यथार्थ अध्ययन गरी प्रभावित नागरिकलाई न्याय दिलाउने गरी समितिले काम गर्ने बताए।

    उनले भोटेकोशी–त्रिशूलीमा आएको विपत्तिलाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै जलवायु परिवर्तनका कारण, नेपालको अवस्था तथा जलवायु न्यायका लागि आवश्यक अन्तर्राष्ट्रिय सहकार्यका विषयमा गम्भीर अध्ययन आवश्यक रहेको बताए।

    पराजुलीले भने, ‘भोटेकोशी तथा त्रिशूलीमा गएको महाविपत्तिलाई हिमाली सुनामी पनि भनिएको छ। विगत ५०० वर्षको इतिहास हेर्दा पनि यति ठूलो विपत्ति नेपालले भोग्नुपरेको थिएन। अन्तर्राष्ट्रिय मञ्चमा कुरा उठाएर मात्र पुग्दैन, जलवायु परिवर्तनका कारक, यसमा नेपालको अवस्था र जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय सहकार्यका उपायबारे गम्भीर अध्ययन आवश्यक छ।’

    उनका अनुसार समितिले विपद्को पूर्वतयारी, उद्धार, राहत, पुनर्स्थापना तथा सीमापार सञ्चारलाई प्रमुख प्राथमिकतामा राखेर अध्ययन गर्नेछ।

    हिमालयबाट सुरु हुने विपद्को प्रभाव सीमापारसम्म पर्ने भएकाले प्रविधि, विज्ञ तथा सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा पनि समितिले अध्ययन गर्ने उनले बताए। साथै, जलवायु परिवर्तनको जोखिम सामना गर्न सक्ने गरी विकास पूर्वाधार निर्माण तथा विकासका अवधारणामाथि पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ।

    स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउने विषयलाई पनि समितिले अध्ययनको दायरामा राख्ने पराजुलीले बताए। उनका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी संरचना स्थानीय तहसम्म पुगे/नपुगेको, आवश्यक स्रोतसाधन उपलब्ध भए/नभएको र वडास्तरसम्म राहत तथा पुनर्स्थापनामा समन्वयको अवस्था कस्तो छ भन्ने विषयमा समेत अध्ययन गरिनेछ।

    विशेष समितिलाई काम सम्पन्न गर्न तीन महिनाको समयसीमा तोकिएको छ। दसैँ–तिहारको बिदा तथा अधिवेशनको अन्तरालका कारण समयको चाप रहे पनि तोकिएको समयभित्रै गुणस्तरीय प्रतिवेदन तयार गर्ने पराजुलीले प्रतिबद्धता जनाए।

    उनले समितिमा रहेका १५ जना सांसद, कर्मचारी तथा सञ्चारकर्मीसहित सम्बन्धित सबै पक्षको सहकार्यमा विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी प्रतिवेदन तयार गरी प्रभावित नागरिकलाई न्यायको अनुभूति दिलाउने बताए।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    आज चार प्रदेशका हिमाली–पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    Techie IT