Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियभेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि

    भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि


    काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने एक हजार ५०० भन्दा बढी घाइते भएका छन्।

    राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले सरकारी टेलिभिजनमार्फत ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प लगभग एकै समयमा आएको जानकारी दिएका हुन्।

    भूकम्पका कारण राजधानी क्षेत्र ग्रेटर काराकास र ला गुआइरा राज्यमा सबैभन्दा बढी क्षति पुगेको छ। अरागुआ, काराबोबो लगायत अन्य राज्यहरू पनि प्रभावित भएका छन्।

    भूकम्पपछि हराइरहेका आफन्तको खोजीमा देशभरका परिवारजनले तस्बिरसहितका पोस्टर टाँस्न थालेका छन्। धेरैले हातैले तयार पारेका सूचीमार्फत बेपत्ता व्यक्तिको विवरण संकलन गरिरहेका छन् भने विदेशमा रहेका भेनेजुएलावासी पनि आफन्तसँग सम्पर्क गर्ने प्रयासमा जुटेका छन्।

    राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपत्काल घोषणा गरेकी छन्। उनले अस्पताल तथा भत्किएका घरहरूको पुनर्निर्माणका लागि २० करोड अमेरिकी डलरको विशेष कोष स्थापना गरिने जानकारी दिइन्। साथै, पुनर्निर्माण कार्यको अनुगमन गर्न अर्थ तथा वित्त मन्त्रालयलाई निर्देशन दिइएको छ।

    भूकम्पपछि राहत तथा उद्धार कार्यका लागि अमेरिकासहित युरोपेली देशहरूले पनि सहयोग उपलब्ध गराएका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अमेरिकाले नेपाली पुरातात्त्विक तथा सांस्कृतिक सामग्री आयातमा कडाइ गर्दै

    काठमाडौं ।  अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले नेपालबाट पुरातात्त्विक तथा सांस्कृतिक सामग्री आयातमा कडा प्रतिबन्ध लगाउने अन्तिम नियम जारी

    होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने ट्रम्पको दाबी, इरानले भन्यो–…

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने बताएका छन् ।

    होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने ट्रम्पको दाबी, इरानले भन्यो–…

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने बताएका छन् ।

    ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने…

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वार्ता टोलीलाई इरानसँगको वार्ता तत्काल रोक्न निर्देशन दिएका छन् । इरान कुनै सम्झौताका

    कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भवनमा क्षति, केही घाइते

    काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। कोलम्बियाली भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ः३४ बजे भूकम्प

    फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना…

    काठमाडौँ । फ्रान्समा यस वर्ष दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो डढेलो क्षति भएपछि आगलागीको कारणबारे बहस चर्किएको छ। भीषण गर्मी, लामो

    Techie IT