Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २३ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारभूमी आयोगमा ध्यानाकर्षणपत्र बुझाउदै आजपाले सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा नदिए कडा आन्दोलनमा उत्रिने चेतावनी

    भूमी आयोगमा ध्यानाकर्षणपत्र बुझाउदै आजपाले सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा नदिए कडा आन्दोलनमा उत्रिने चेतावनी


    काठमाडौं । आम जनता पार्टी (आजपा)ले काठमाडौंको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्वासीहरुलाई जग्गाधनी लालपुर्जा दिन माग गर्दै भूमी समस्या समाधान आयोग ताहाचल, काठमाडौंमा आज ज्ञापनपत्र बुझाएको छ ।

    आजपाका सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगर, कार्यालय सचिव रन्जुकुमारी साह, सुकुम्वासी संघर्ष समितिका संयोजक सुनिता सिलवाल सहितका नेताहरुको टोलीले आयोगका विज्ञ सदस्य टेकबहादुर शाहलाई ज्ञापनपत्र बुझाउदै यथाशिघ्र लालपुर्जा दिनुपर्ने माग गरेका छन् ।

    ‘जनताको कर लिने तर काम नगर्ने । तलब खाने तर सुकुम्वासीको समस्या समाधान किन भएन ? जनताको समस्या समाधान आयोगले नगरी राजनीतिक भर्तीकेन्द्रको रुपमा बनाउनु गलत हो,’ आजपा सहअध्यक्ष थापामगरले भने ।

    सुुकुम्वासी समस्या समाधान नभए र सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा यथाशिघ्र नदिइए कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने आजपा नेतृ साहले जनाएकी छन् । ‘सुकुम्वासीको कर चल्ने, मत चल्ने तर उनीहरुलाई खानेपानी, विधुत, शिक्षा, स्वास्थ्य नदिनु सरकारको मानवता विरोधी कार्य हो । सुकुम्वासीलाई यथाशिघ्र जग्गाधनी लालपुर्जा नदिइए हामी कडाभन्दा कडा आन्दोलन गर्न वाध्य हुने र त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने हुन्छ,’ आजपा नेतृ साहले भनिन् ।

    ‘भूमिहीन गरिब, दलित र सुकुम्वासीहरुको आवास तथा भूमिमाथिको पहुँच र स्वामित्व स्थापित गराई देशबाट भूमिहीनताको अन्त्य गरी जनमुखी एवं न्यायपूर्ण भूमिव्यवस्था स्थापनामा योगदान गर्ने प्रतिबद्धताका साथ स्थापित नेपाल सरकारको यस आयोगले हालसम्म पनि संघीय राजधानीमा समेत हामीलाई भोगको आधारमा जग्गाधनी लालपुर्जा प्रदान नगरेको नगराएको हुँदा हामी धेरै पिरमर्कामा रहेको बिषय जाहेर गर्न चाहन्छौं । यसले गर्दा हामीले खानेपानी, विधुत, बैंकिङ ऋण, घर नक्सा, व्यापार व्यवसाय जस्ता विविध समस्याहरु समेत झेल्नुपर्ने बाध्यात्मक स्थिति छ,’ आजपा र सुकुम्वासी संघर्ष समितिले संयुक्त रुपमा आयोगमा बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    आफूहरुको माग सम्बोधनमा ढिलाई, आलटाल भए कडा संघर्षमा उत्रिने चेतावनी समेत दिइएको छ । ‘हाम्रो जनजीविकासंग जोडिएको यी महत्वपूर्ण समस्याहरु समाधान गर्न गराउन यथाशिघ्र हामीलाई जग्गाधनी लालपुर्जा उपलब्ध गराउन यस आयोगको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं । हाम्रो माग समयमा सम्बोधन नभए हामी कडाभन्दा कडा संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने र यसबाट सिर्जित सम्पूर्ण क्षतिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने बिषय अग्रिम रुपमा खबरदारी समेत गराउन चाहन्छौं,’ आयोगमा बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    आजपा अध्यक्ष एवं सांसद प्रभु साहले सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा दिनुपर्ने आवाज सडकदेखी संसदसम्म पटक–पटक उठाउँदै आएका छन् । सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा दिएर खानेपानी, विधुत, बैंकिङ ऋण, घर नक्सा, व्यापार व्यवसाय गर्ने जस्ता समस्याको समाधान गर्न सरकारसंग साहले माग गर्दै आएका छन् ।

    ‘काठमाण्डौको सुकुम्बासीलाई छिटो जग्गाधनी लालपुर्जा प्रदान गर्न आम जनता पार्टीले आज भुमि समस्या समाधान आयोगलाई ज्ञापनपत्र बुझाएकोछ । वर्षौदेखि बसोवास गर्दै आएका सुकुम्बासीहरूले लालपुर्जाको अभावमा खानेपानी, बिजुली लगायतका कयौ आधारभुत सेवाबाट वंचित भईरहेको सन्दर्भमा हाम्रो पार्टीका सुकुम्बासी अगुवा साथीहरूले सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा दिलाउन लिएको यो पहलकदमी सराहनीय छ । आज भुमाफियाहरूले रातारात काठमाण्डौको बहुमूल्य जग्गा आफनो नाऊमा गराई रहदा वर्षौदेखि बसोवास गर्दै आएको सुकुम्बासीहरूले आफूले भोग गरेको जग्गाको लालपुर्जा नपाऊनु दुःखद हो । यसमा सरकारको गम्भीर ध्यानाकर्षण गराउदै काठमाण्डौको सुकुम्बासीलाई छिटो जग्गाधनी लालपुर्जा उपलब्ध गराउन जोड़दार माग गर्दछु,’ आजपा अध्यक्ष साहले फेसबुकमा लेखेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन –…

    काठमाण्डौ मंसिर २२,सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

    प्रभु बैंकका शेरचनलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको

    गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

    काठमाडौं।सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौरहत्याकाण्डको बारेमा छानबिन गर्न परमादेश जारी गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटमा परेको किटानी जाहेरका आधारमा

    जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन

    काठमाडौं। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा

    निर्वाचन आयोगद्धारा दललाई निर्वाचन चिन्ह प्रदान, पहिलो नम्बरमा सूर्य, दोस्रोमा…

    काठमाडौं।निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा निर्वाचनमा भाग लिने दलहरुलाई ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।१ सय २० वटा राजनीतिक

    नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    काठमाडौं।सरकारले नागढुंगा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई

    Techie IT