भिजिट भिसामा कुवेत जान लागेका ४७ जना महिला भारतबाट फर्काइए, गृहमन्त्रीको छानविन गर्न निर्देशन
काठमाडौं।भिजिट भिसामा अवैध रूपमा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरी नेपाल फर्काइएको छ ।
दिल्लीस्थित नेपाली दूतावासको सक्रियतामा उनीहरूलाई नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही ल्याइपुर्याइएको हो ।
दिल्ली विमानस्थलबाट आवश्यक कागजात (एनओसी) बिना नै कुवेतका लागि उड्न लागेको अवस्थामा उनीहरूलाई नेपाली दूतावासको टोलीले रोकेको थियो । दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)प्रकाश मल्लसहितको टोलीले ती महिलाहरूलाई सुनौली नाका हुँदै रुपन्देही प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
उनका अनुसार, हाल उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौँ ल्याइँदैछ ।
उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन व्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ४ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ५ कांग्रेस संस्थापनइतर पक्षद्वारा महाधिवेशनसहित सबै निर्णय यथास्थितिमा राख्न माग
- ६ आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस