भारी वर्षापछि पहिरोको जोखिम बढ्यो, पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा आवागमन बन्द
काठमाडौं । लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो र सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार विगत दुई दिनदेखि धादिङ तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरलगायतका स्थानमा पहिरो खसेको तथा धारापानीसहितका क्षेत्रमा सडक भासिएपछि यातायात प्रभावित भएको हो ।
यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा समेत पहिरो खसेपछि जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि सडक आवागमन बन्द गरेको जनाएको छ ।
मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । थप विपद्जन्य जोखिम उत्पन्न हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न पृथ्वी राजमार्गमा चल्ने सबै सवारीसाधनको आवागमनमा अर्को सूचना नभएसम्म पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ ।
सम्बन्धित निकायले जोखिमयुक्त अवस्थामा यात्रा नगर्न तथा प्रशासनबाट जारी सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस