Techie IT
  • The Film Nepal
  • २०८२ पुष २८ सोमबार

    गृहपृष्ठसमाचारभारत भ्रमण सद्भावना भ्रमण थियो, नेपालको हित र चासोका सबै विषयमा कुरा भयो: परराष्ट्रमन्त्री

    भारत भ्रमण सद्भावना भ्रमण थियो, नेपालको हित र चासोका सबै विषयमा कुरा भयो: परराष्ट्रमन्त्री


    काठमाडौं/१८ भदौ: परराष्ट्रमन्त्री डा राणा आरजु राणा देउवाले आफूले हालै गरेको भारतको औपचारिक भ्रमण सद्भावना भ्रमण रहेको बताउनुभएको छ। उहाँले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा आज आफ्ना धारणा राख्दै भारत भ्रमण सद्भावना भ्रमण रहेको तर आफूले नेपालको हित र चासोका सबै विषयहरु वार्ताका क्रममा राखेको बताउनुभएको हो ।
    उहाँले भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ २ देखि ६ सम्म भारतको औपचारिक भ्रमण गर्नुृभएको थियो ।

    सो भ्रमणका क्रममा यही भदौ ३ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको र सो भेटमा नेपाल र भारतबीच रहीआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने र आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्नेेबारे छलफल भएको उहाँले बताउनुभयो ।

    त्यस क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेको र भारतीय प्रधानामन्त्री मोदीले निमन्त्रणा सहर्ष स्वीकार गर्दै नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिनुभएको जानकारी पनि मन्त्री डा राणाले गराउनुभयो ।

    त्यसैगरी विदेशमन्त्री जयशङ्कर र आफ्ना बीचमा भएको द्विपक्षीय भेटघाट महत्वपूर्ण रहेको मन्त्री डा रणाको भनाई थियो । त्यस भेटकाक्रममा नेपाल र भारतकाबीच व्यापार तथा पारवहनका क्षेत्रमा सहयोग बढाउने, ऊर्जाको क्षेत्रमा खासगरी नेपालबाट भारतमा निकासी हुने विद्युतको मात्रा बढाउँदै लैजाने, सीमापार कनेक्टिभिटी विस्तार गर्ने, नेपालमा भारतीय लगानी प्रबद्र्धन गर्ने तथा नेपालका लागि थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आवश्यक छलफल अगाडि बढाउने विषयमा कुराकानी भएको उहाँले बताउनुभयो ।

    त्यसैगरी सो भेटमा बाढी तथा डुबान समस्या समाधानका लागि सम्बद्ध संयन्त्र परिचालन गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने, खेलकुदका क्षेत्रमा खासगरी नेपालमा क्रिकेटको विकासका लागि खेलाडीहरूको क्षमता अभिवृद्धि तथा धनगढीको फाप्लामा क्रिकेट स्टेडियमको निर्माणका लागि कार्य गर्ने, सीमा पूर्वाधारको निर्माण तथा विस्तारमा सहकार्य गर्ने लगायत नेपाल–भारत सम्बन्धका समग्र पक्षमा छलफल भएको मन्त्री डा राणाले बताउनुभयो ।

    साथै सो भेटका क्रममा विद्यमान द्विपक्षीय संयन्त्र समेतका माध्यमबाट विभिन्न विषयमा विभिन्न तहमा हुने सम्पर्कलाई निरन्तरता दिने बारेमा सहमति भएको पनि उहाँले जानकारी दिनुभयो ।
    मन्त्री डा राणाले यस भ्रमणले नेपाल र भारतबीच आपसी सदभाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै दुई मुलुकबीच रहीआएको मैत्रीपूर्ण, सहयोगात्मक र बहुआयामिकसम्बन्धलाई थप मजबुत तुल्याउन योगदान गरेको आफूले विश्वास लिएको धारणा राख्नुभयो । एक प्रश्नको जवाफमा मन्त्री डा राणाले इपिजीको प्रतिवेदनका विषयमा यस भ्रमणका क्रममा दुवै तर्फबाट कुरा नउठेको पनि प्रष्ट गर्नुभयो ।

    साथै सो समितिका सदस्यहरुले सोध्नुभएका नेपाल सरकारले हालै सिफारिश गरेका राजदूतहरुको नियुक्ति सम्बन्धी प्रश्नमा मन्त्री डा राणाले संविधानको मर्म र राजदूत नियुक्ति सम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षता एवं कार्यसम्पादनमा आधारित बनाउन सरकार अधिकतम रूपमा प्रयासरत रहेको पनि स्पष्ट गर्नुभयो ।
    राजदूतहरुको सिफारिश समावेशी नरहेको भन्ने उहाँहरुको प्रश्नमा डा राणाले पसपटक क्षेत्रगत तथा भूगोलको प्रतिनिधित्व भए पनि पूर्ण रुपमा समावेशी हुन नसकेको स्वीकार गर्दै आगामी नियुक्तिहरुमा यस विषयलाई ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नेपालको हित सुनिश्चित हुने गरी अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने गरिएको भन्दै मन्त्री डा राणाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कूटनीतिक नियोगहरू तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा यो सरकार प्रतिवद्ध रहेको उहाँको भनाई थियो ।

    राजदूतहरूको नियुक्तिमा राजनीतिक क्षेत्र एवं व्यवसायिकताको सन्तुलनका लागि कम्तिमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको तथा सेवा बाहिरबाट नियुक्तिका लागि सिफारिश गर्दा विभिन्न क्षेत्रको दक्षता र अनुभवलाई राष्ट्रहितको निम्ति अधिकतम उपयोग गर्ने गरी सिफारिश गरिएको जानकारी उहाँले दिनुभयो ।

    सो बैठकमा देशका परराष्ट्र मन्त्री विदेश जाँदा सो भ्रमणको एजेण्डा तथा उद्देश्यका बारेमा उक्त संसदीय समितिलाई पहिले नै जानकारी गराउनुपर्ने भन्ने प्रश्नको जवाफमा मन्त्री डा राणाले भन्नुभयो “यस समितिले आवश्यक ठानेमा कुनै पनि भ्रमण र सो भ्रमणका एजेण्डाका बारेमा भ्रमण अगावै जानकरी गराउन म तयार छु ।”




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र भोलि बिहान ९ बजे सम्मको लागि…

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्दसत्र स्थगित भएको छ । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले मंगलबार 

    तोकिएकै मिति २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन नभए नेपाली जनताले प्रतिकार…

    वीरगंज, २८ पुस । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कुनै पनि बहानामा चुनाव सार्ने षडयन्त्र नगर्न

    प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत बासको शिष्टाचार भेट

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् । आज प्रधानमन्त्री तथा

    शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बीमाबाट हुने उपचार रोक्ने

    काठमाडौं । मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको

    समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता…

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका उम्मेदवारलाई आज अन्तिम पटक उम्मेदवारी फिर्ता लिने

    राप्रपाको चियापानमा प्रधानमन्त्री कार्की

    काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पुगेकी छिन् । पार्टीले काठमाडौंको भृकुटीमण्डपमा

    Techie IT