Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २ शनिबार

    अपडेट
    गृहपृष्ठविश्वभारत–नेपाल सीमा समस्या द्विपक्षीय रूपमा समाधान गर्ने भारतको स्पष्ट धारणा

    भारत–नेपाल सीमा समस्या द्विपक्षीय रूपमा समाधान गर्ने भारतको स्पष्ट धारणा


    एजेन्सी ।  भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धमा कुनै पनि तेस्रो पक्षको भूमिका आवश्यक नभएको स्पष्ट पारेको छ। नियमित मिडिया ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारत–नेपाल सीमा सम्बन्धी विषयहरू द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने बताएका हुन्।

    उनका अनुसार भारत–नेपाल सीमा करिब ९८ प्रतिशतसम्म सीमाङ्कन भइसकेको छ भने केही क्षेत्रहरू अझै समाधान हुन बाँकी छन्। उनले गण्डक नदीको धार परिवर्तनका कारण केही सीमा समस्या उत्पन्न भएको उल्लेख गर्दै ती क्षेत्रहरूमा दुवै देशले संयुक्त रूपमा नक्साङ्कन र प्रमाणीकरण गरिरहेको जानकारी दिए।

    जयसवालले सीमाङ्कित क्षेत्रहरूमा कतिपय स्थानमा भूमि कब्जा तथा अतिक्रमणका घटनाहरू देखिएको बताउँदै ती विषय पनि द्विपक्षीय संयन्त्रमार्फत सम्बोधन भइरहेको दाबी गरे।

    नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवाद समाधानका लागि बेलायत र चीनजस्ता तेस्रो पक्षलाई संलग्न गराउन सकिने संकेत गरेका विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ताले भारतले यस्तो विषयमा प्रत्यक्ष वार्ता र द्विपक्षीय संवादमै विश्वास गर्ने स्पष्ट पारे।

    यसैबीच, नेपालमा प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्तिप्रति राजनीतिक दलहरूले आलोचना गरेका छन्। नेपाल परराष्ट्र मन्त्रालयले भने उक्त अभिव्यक्तिबारे पछि स्पष्टीकरण दिएको जनाइएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT