काठमाडौं । भारतबाट ब्रिटेनका लागि उड्न लाग्दा एयर इन्डियाको दुर्घटनामा परेको छ । एयर इन्डियाको जहाज गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थाल नजिक दुर्घटना भएको हो । लन्डन ग्याटविक गन्तव्यका लागि उडेको एआई १७१ उडान नम्बरको विमान बिहीबार अहमदाबादमा दुर्घटनामा परेको हो ।अहमदाबादको मेघाणी नगर क्षेत्रमा विमान खस्दा ठूलो आगलागी भएको पुष्टि गरिएको छ । एयर इन्डियाले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) खातामा दुर्घटनाको पुष्टि गर्दै भनेको छ, ‘अहमदाबाद–लन्डन ग्याटविक उडान एआई १७१ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ ।’
विमानमा २३० यात्रु र १२ चालक दलका सदस्य सवार रहेको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ । हालसम्म कति मानिस घाइते वा मृत भए भन्ने आधिकारिक जानकारी प्राप्त भएको छैन ।
एयर इन्डियाले थप विवरण संकलन भइरहेको र छिटो अर्र्को अद्यावधिक जानकारी दिने बताएको छ । घट्ना भएपछि नागरिक उड्डयन मन्त्री राम मोहन नायडू किंजरापुले व्यक्तिगत रूपमा स्थितिको अवलोकन गरिरहेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण
- २ आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
- ३ गल्ती गर्नेलाई कारबाहीको सिफारीस गरिएको छ : आयोग
- ४ राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ
- ५ प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा
- ६ पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्षओलीलाई पितृ शोक
- ७ सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी

तपाईको प्रतिक्रिया दिनुहोस