भारतमा अभिनेता थलापति विजयको र्यालीमा भागदौड हुँदा ३९जनाको मृत्यु
काठमाडौँ । भारतको दक्षिणी राज्य तमिलनाडुमा आयोजित एक राजनीतिक र्यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा ३९जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।अभिनेताबाट राजनीतिज्ञ बनेका थलापति विजयको प्रचार कार्यक्रममा शनिबार दक्षिणी करुर जिल्लामा हजारौँ मानिस भेला भएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार, यो कार्यक्रम धेरै घण्टा ढिलो भएको थियो । टेलिभिजनमा प्रसारित फुटेजमा खचाखच भीडमा मानिस मुर्छा परेको देखाइएको थियो ।
तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिल कुमारले भागदौडमा ३९ जनाको मृत्यु भएको र कुल ९५ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनद्वारा जारी विज्ञप्तिमा मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख क्षतिपूर्तिको घोषणा गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार ३० हजारको सभा गर्न अनुमति दिइएकोमा ६० हजार भन्दा बढी उपस्थित भएका थिए । त्यस्तै तोकिएको समयभन्दा अभिनेता विजय ६ घण्टा ढिलो गरि सभामा आएको बताइएको छ । दिउसो ३ बजेदेखि राती ११ बजेसम्मका लागि अनुमति दिइएकोमा बिहान ११ बजेदेखि नै मानिसहरुको भिड लागेको थियो । अभिनेता विजय साँझ ७ बजेमात्र सभा स्थलमा पुगेर आफ्नो भषण शुरु गरेका थिए । लामो समयको भोक, प्यास र भिडका कारण यो घटना भएको विश्लेषण गरिएको छ ।
बीबीसीका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत घटनालाई दुर्भाग्यपूर्ण र अत्यन्तै दुःखद भनेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- २ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै
- ३ कांग्रेस निर्वाचन अपडेट: राष्ट्रिय सभागृह, खुलामञ्च र तीनवटा हलमा भोटिङ, मोबाइल लैजान निषेध
- ४ सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
- ५ नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्यो, मासिक कमाइ साढे ७५ हजार हुने
- ६ विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, डलरको बिक्रीदर १५५ रुपैयाँ पार
- ७ नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि

तपाईको प्रतिक्रिया दिनुहोस