Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २८ आईतवार

    अपडेट
    गृहपृष्ठमनोरञ्जनभारतमा अभिनेता थलापति विजयको र्‍यालीमा भागदौड हुँदा ३९जनाको मृत्यु

    भारतमा अभिनेता थलापति विजयको र्‍यालीमा भागदौड हुँदा ३९जनाको मृत्यु


    काठमाडौँ । भारतको दक्षिणी राज्य तमिलनाडुमा आयोजित एक राजनीतिक र्‍यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा  ३९जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।अभिनेताबाट राजनीतिज्ञ बनेका थलापति विजयको प्रचार कार्यक्रममा शनिबार दक्षिणी करुर जिल्लामा हजारौँ मानिस भेला भएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार, यो कार्यक्रम धेरै घण्टा ढिलो भएको थियो । टेलिभिजनमा प्रसारित फुटेजमा खचाखच भीडमा मानिस मुर्छा परेको देखाइएको थियो ।

    तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिल कुमारले भागदौडमा ३९ जनाको मृत्यु भएको र कुल ९५ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनद्वारा जारी विज्ञप्तिमा मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख क्षतिपूर्तिको घोषणा गरिएको छ ।

    मिडिया रिपोर्टका अनुसार ३० हजारको सभा गर्न अनुमति दिइएकोमा ६० हजार भन्दा बढी उपस्थित भएका थिए । त्यस्तै तोकिएको समयभन्दा अभिनेता विजय ६ घण्टा ढिलो गरि सभामा आएको बताइएको छ । दिउसो ३ बजेदेखि राती ११ बजेसम्मका लागि अनुमति दिइएकोमा बिहान ११ बजेदेखि नै मानिसहरुको भिड लागेको थियो । अभिनेता विजय साँझ ७ बजेमात्र सभा स्थलमा पुगेर आफ्नो भषण शुरु गरेका थिए । लामो समयको भोक, प्यास र भिडका कारण यो घटना भएको विश्लेषण गरिएको छ ।

    बीबीसीका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत घटनालाई दुर्भाग्यपूर्ण र अत्यन्तै दुःखद भनेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व : राष्ट्रियसभा अध्यक्ष…

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। संघीय

    प्रेस काउन्सिलविरुद्धकाे रिट खारेज

    काठमाडौँ । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालविरुद्ध माउन्टेन टेलिभिजनले हालेको रिट निवेदन खारेज गरेको छ ।न्यायाधीश सारंगा सुवेदी र शान्तिसिंह थापाको

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण अलपत्र, अस्पताल निर्माणलाई बन्धक…

    पोखरा । कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन

    आजदेखि शुक्र ग्रह अस्त हुँदै

    काठमाडौं । शुक्र ग्रह शनिबार १२ बजेर ५५ मिनेट शुक्र ग्रह पूर्वमा अस्त हुँदैछ।अस्त भएको शुक्र माघ १५ गते बिहीबार रातको

    बढिरहेछ अमेरिकी डलर,आजको विनिमय दर के कस्तो छ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४

    अब नयाँ समझदारी आवश्यक छ : लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक अत्यन्तै विषम परिस्थितिमा रहेको बताएका छन् । नेकपा एमालेको ११औँ महाधिवेशनलाई

    Techie IT