Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ खेलकुद ∕ भारतको आसामसँग नेपालको ‘ए’ क्रिकेट टोली पराजित

    भारतको आसामसँग नेपालको ‘ए’ क्रिकेट टोली पराजित


    काठमाडौं। भारतको आसाम स्टेट टोलीसँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालको ‘ए’ टोली पराजित भएकोछ।बिहीबार भारतको गुवाहाटीमा भएको खेलमा नेपालको ए टोलीमाथि आसामले डिएसएल मेथडमा १५ रनको जित निकालेको हो।

    पहिले ब्याटिङ गरेको आसामले ८ विकेटको क्षतिमा १९० रन जोड्यो। आसामका लागि कप्तान तथा विकेटकिपर सुमित झाडीगाओकरले ३४ रन बनाए भने सुमित कश्यपले २२ रन बनाए। अभिनव चौधरीले नटआउट २६ रन बनाए।

    बलिङमा नेपालका आकाश चन्दले ३ विकेट लिए भने कमलसिंह ऐरी र विवेककुमार यादवले २(२ विकेट हात पारे। आदिल अन्सारीको नाममा १ विकेट रह्यो। सागर ढकाल र बसिर अहमदले विकेट लिन सकेनन्।

    १९१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको नेपाल ८ ओभरमा ६४(३ को अवस्थामा खेल वर्षाले अवरुद्ध भयो। फेरि खेल हुन नसकेपछि आसाम विजयी भयो।

    नेपालका लागि शुभ कंसाकार ३३ रन र सन्दीप जोरा २ रन बनाएर खेलिरहेको अवस्था थियो। ओपनरद्वय इशान पाण्डे १ रन र कप्तान अनिल साह २० रनमा आउट भएका थिए। यस्तै पवन सर्राफले पनि ६ रन मात्र जोड्न सके।

    सिरिजको दोस्रो खेल अब शुक्रबार हुनेछ। लगातार सोमबारसम्म खेल भएपछि सिरिज सकिनेछ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने

    काठमाडौँ । फिफाको निलम्बन फुकुवा नभएपछि नेपालले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप गुमाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ

    एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा खोल्यो पदकको खाता, चीनको अग्रता…

    काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा आएर पदकको खाता खोलेको छ। पुरुष कुमिते ८४ केजीमाथिको

    एसियाडमा नेपालको पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष

    एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल

    काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत आज हङकङ चाइनासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली

    साउदी अरेबियामाथि नेपालको शानदार जित, लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश

    काठमाडौं ।  नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा साउदी अरेबियाले

    एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित नेपाली टोली मलेसिया प्रस्थान गर्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

    Techie IT