Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिभदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम आन्दोलन र सुरक्षा संयन्त्रप्रति प्रश्न

    भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम आन्दोलन र सुरक्षा संयन्त्रप्रति प्रश्न


    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र र वामपन्थी आन्दोलनका कमजोरीबारे गम्भीर तथा वैज्ञानिक समीक्षा आवश्यक रहेको बताएका छन्।

    ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले २०८२ साल भदौ २३ र २४ गते भएको घटनालाई प्रतिक्रान्तिकारी परिघटना भएको दाबी गरे। उक्त घटनामा वैदेशिक दबाब र हस्तक्षेपसमेत देखिएको उनको भनाइ थियो।

    प्रचण्डले नेपालको सुरक्षा निकायको भूमिकाप्रति प्रश्न उठाउँदै वर्तमान चुनौतीहरूको सामना गर्न समग्र राजनीतिक शक्ति र सुरक्षा संयन्त्रको वस्तुगत समीक्षा आवश्यक रहेको बताए।

    उनले विगतमा अंग्रेजसँग वीरतापूर्वक लड्ने नेपाली सेना र कमाण्डरहरूको इतिहास स्मरण गर्दै अहिलेको अवस्था किन सिर्जना भयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने धारणा राखे।

    उनका अनुसार, विगतमा सामन्ती निरंकुशतन्त्रविरुद्ध सशस्त्र संघर्ष, जनयुद्ध, जनआन्दोलन र शान्तिपूर्ण आन्दोलनमार्फत जनताको शक्ति प्रदर्शन भएको भए पनि भदौ २३–२४ को घटनासम्म आइपुग्दा वामपन्थी दलहरू किन कमजोर देखिए भन्ने प्रश्नको वैज्ञानिक उत्तर खोज्न आवश्यक छ।

    प्रचण्डले विगतमा कमीकमजोरीबारे समीक्षा र आत्मआलोचना हुँदै आएको उल्लेख गर्दै अहिलेको परिस्थितिमा सामान्य समीक्षा मात्र पर्याप्त नहुने बताए। उनले वामपन्थी आन्दोलनले कतै गम्भीर त्रुटि गरेको हुन सक्ने स्वीकार गर्दै त्यसको इमानदार विश्लेषण गर्नुपर्नेमा जोड दिए।

    उनले हालै नेपालका ऐतिहासिक धरोहर तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा भएको आगजनी र विध्वंसका घटनाले गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै यस्ता घटनाका कारण र पृष्ठभूमिबारे निष्पक्ष तथा गहिरो समीक्षा आवश्यक रहेको बताए।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने

    Techie IT