भगवान बचाउनुपर्ने अवस्थामा ललितपुर, सांसद खरेलको चिन्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल ले ललितपुरका ऐतिहासिक सम्पदा, प्राचीन मूर्ति र परम्परागत हिटीहरू संरक्षण गर्न तत्काल ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सम्पदा र सभ्यताको धनी सहर ललितपुरमा अहिले भगवानकै रक्षा गर्नुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना भएको बताएका हुन् ।
सांसद खरेलले प्राचीन मूर्तिहरू चोरी हुने, ऐतिहासिक हिटीहरू हराउँदै जाने तथा सम्पदा क्षेत्रमा अतिक्रमण बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।
उनले भने, “भनिन्छ, भगवानले हाम्रो रक्षा गर्छन् । तर मेरो नगरमा अब ‘भगवानको रक्षा गरिदिनुस्’ भन्नुपर्ने अवस्था आएको छ । मूर्तिहरू चोरी भएका छन्, हिटीहरू हराएका छन् । कतै उत्खनन गर्नुपर्ने आवश्यकता छ भने कतै अतिक्रमण बढ्दो छ ।”
उनले ललितपुरका ऐतिहासिक सम्पदा संरक्षणका लागि राज्यले प्रभावकारी योजना ल्याउनुपर्ने आवश्यकता पनि औंल्याए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ७ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

तपाईको प्रतिक्रिया दिनुहोस