भक्तपुर क्षेत्र नं. २ बाट आजपाको महिला नेतृ देवकुमारी साह उम्मेदवार
काठमाडौं, ४ माघ आम जनता पार्टी (आजपा) ले भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट देवकुमारी साहलाई उम्मेदवार बनाएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा साहलाई आजपाले उम्मेदवार बनाउने निर्णय गरेको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट निवासी आजपा सचिवालय सदस्य साह लामो समयदेखी समाजसेवामा सक्रिय महिला हुन् । लामो समय देखी भक्तपुरको बालकोटमा बस्दै आएकी साहले स्थानीय स्तरमा एक चर्चित अनुहार हुन् ।
आम महिला मोर्चाको बागमती प्रदेश इन्चार्ज समेत रहेकी साहले विगत लामो समयदेखी महिला अधिकारको आन्दोलनमा सक्रिय रहेकी छन । पार्टीले आफूलाई भक्तपुर क्षेत्र नं. २ बाट उम्मेदवार बनाएकोमा खुशी व्यक्त गर्दै नेतृ साहले आफुलाई आम मतदाताले मतदान गरेर बिजयी बनाउने विश्वास व्यक्त गरेकी छन् ।
भक्तपुरको समग्र विकाश सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको समृद्धि एवं विकासका लागि संघर्ष गर्दै आएकी साहलाई स्थानीयले मतदान गरेर बिजयी बनाउने विश्वास पार्टीले गरेको आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् ।
पार्टीले उनलाई उम्मेदवारको टुंगो लगाए पछि उनी अहिलेदेखी नै आम जनतासंग भेटघाटमा सक्रिय भएकी छन् । आजपाले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे
- २ कर्णाली बस दुर्घटनामा उद्धार ढिलो भएको भन्दै सांसद ज्ञानेन्द्र शाहीको सरकारमाथि तीव्र आलोचना
- ३ रास्वपाको नयाँ विधान : कार्यकारी र अनुशासन संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य
- ४ उखु किसानको ९२ प्रतिशत भुक्तानी सम्पन्न, अनुदान रकम असार २५ भित्र खातामा आउने
- ५ प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफल हुने
- ६ संविधानका आधारभूत विषय चलाए देश दुर्घटनामा पर्न सक्छ : हर्क साम्पाङ
- ७ प्रधानमन्त्री बालेन्द्र शाहको निजी क्षेत्रसँग छलफल

तपाईको प्रतिक्रिया दिनुहोस