भक्तपुरबाट थानकोट जाँदै गरेको बसमा त्रिपुरेश्वरमा आगलागी
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि यात्रुवाहक बसमा आगलागी हुँदा चालक घाइते भएका छन्।
सोमबार दिउँसो करिब साढे १२ बजे भक्तपुरबाट थानकोटतर्फ जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा अचानक आगलागी भएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आगलागीमा बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका छन्। उनलाई उपचारका लागि बर्न अस्पताल लगिएको सुवेदीले जानकारी दिए।
बसमा आगलागी हुनुको कारण भने खुल्न सकेको छैन। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार बसको चालकको सिट नजिकैबाट आगो लागेको देखिएको थियो। तर, आगलागी कसरी सुरु भयो भन्नेबारे यकिन जानकारी नभएको उनले बताए।
आगलागीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस