Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन

    ब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन


    काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा भीषण हिमपहिरो जाँदा नेपाली चर्चित पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको छ।

    पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार बिहान करिब ९ः२० बजे क्याम्प–२ र क्याम्प–३ बीचको करिब ६ हजार ६६० मिटर उचाइमा हिमपहिरो गएको प्रारम्भिक अनुमान गरिएको छ। त्यस समयमा विभिन्न टोलीका आरोही शिखरतर्फ उक्लिरहेका थिए। हिमपहिरोपछि पुर्जाको नेतृत्वमा रहेको टोलीसँग सम्पर्क हुन नसकेको बताइएको छ।

    अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) का अनुसार सम्पर्कविहीन टोलीमा पाँच नेपाली, पाकिस्तानका सोहेल साखी, अमेरिकाकी म्यालोरी गाइस, चीनका वाङ, ओमानकी पर्वतारोही नथिरा तथा अर्का एक विदेशी आरोही रहेका छन्।

    घटनापछि एसीपीले पाकिस्तान सरकार, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी खोज तथा उद्धार अभियानको तयारी तीव्र बनाएको जनाएको छ। मौसम अनुकूल भए शुक्रबार हेलिकोप्टरमार्फत उद्धार टोली, अक्सिजन र आवश्यक सामग्री घटनास्थलमा पठाइने तयारी गरिएको छ।

    १३ घण्टापछि मात्रै सार्वजनिक भयो घटना

    हिमपहिरो बिहीबार बिहान नै गए पनि घटनाबारे औपचारिक जानकारी करिब १३ घण्टापछि मात्र सार्वजनिक भएको हो। एसीपीकी अधिकारी नाइला कियानीका अनुसार उनीहरूले राति करिब १० बजे मात्रै घटनाको सूचना प्राप्त गरेका थिए। समयमै जानकारी प्राप्त भएको भए सोही दिन हेलिकोप्टर परिचालन गर्न सकिने अवस्था रहेको उनले बताएकी छन्।

    प्रारम्भिक ट्र्याकिङ विवरणअनुसार सम्पर्कविहीन आरोहीहरूको गतिविधि बिहान करिब ९ः३० बजेपछि रोकिएको देखिएको छ। त्यसपछि उनीहरूको लोकेसन सयौँ मिटर तल सरेको संकेत ट्र्याकिङ उपकरणले देखाए पनि यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।

    ऐतिहासिक कीर्तिमानको अभियानमा थिए निम्स पुर्जा

    विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जा प्रारम्भिक रूपमा ग्यासेरब्रुम–२ आरोहणका लागि पाकिस्तान पुगेका थिए। तर पछिल्लो समय उनले सामाजिक सञ्जालमार्फत ब्रड पिकसमेत आरोहण गर्ने निर्णय सार्वजनिक गरेका थिए।

    ब्रड पिक सफलतापूर्वक आरोहण गर्न सके पुर्जा अक्सिजनबिना विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल दुईपटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्ने लक्ष्यको एक कदम नजिक पुग्ने थिए। त्यसपछि उनको सूचीमा चो–ओयु हिमाल मात्र बाँकी रहने उल्लेख गरिएको थियो।

    सन् २००३ मा बेलायती सेनामा आबद्ध भएका पुर्जा सन् २००९ मा रोयल मरिनमा प्रवेश गरेका थिए। उनले सन् २०१२ मा पहिलोपटक सगरमाथा आरोहण गरेपछि विश्व पर्वतारोहण क्षेत्रमा अनेकौँ कीर्तिमान कायम गर्दै नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउँदै आएका छन्।

    हाल सम्पर्कविहीन सबै आरोहीको अवस्थाबारे आधिकारिक जानकारी आउन बाँकी छ। पाकिस्तानका अधिकारीहरूले मौसम अनुकूल हुनेबित्तिकै पूर्ण क्षमताका साथ खोज तथा उद्धार अभियान सञ्चालन गरिने बताएका छन् भने विश्वभरका पर्वतारोही समुदायले उनीहरूको सुरक्षित उद्धारको कामना गरिरहेका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने

    Techie IT