Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २९ शुक्रबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियबौद्ध विद्वानहरूलाई लुम्बिनीमा भ्रमण गर्न आग्रह

    बौद्ध विद्वानहरूलाई लुम्बिनीमा भ्रमण गर्न आग्रह


    नयाँ दिल्ली/ २२ कात्तिक, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले बौद्ध विद्वानहरूलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमण गर्न आग्रह गर्नुभएकाे छ।
    भारत सरकारको आयोजनामा नयाँ दिल्लीमा भएको प्रथम एसियन बुद्धिस्ट समिट २०२४ लाई सम्बोधन गर्दै डा.लामाले बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्न आफूहरू सधैँ तयार रहेको बताउनुभयो ।
    पूर्वसांसद समेत रहनुभएका उपाध्यक्ष डा.लामाले एसियन बुद्धिस्ट समिट जस्ता कार्यक्रमहरूले बुद्धका चार आर्य सत्य संसारभर फैलाउन र बौद्ध परम्परागतहरूको बारेमा छलफल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
    डा.लामाले बौद्ध शिक्षाको माध्यमबाट एसियालाई विकसित बनाउन सकिने बताउनुभयो । बुद्ध मार्गले कला, साहित्य, बस्तुकला र ध्यानको माध्यमबाट सम्पूर्ण एसियालाई जोडेको उहाँले बताउनुभएकाे छ ।

    एसियाली मूलुकहरूमा बुद्ध धर्म र बौद्ध शिक्षाको विभिन्न तरिकाले अनुशरण भइरहेको बताउँदै उपाध्यक्ष डा.लामाले एक चक्रवती राजाले धम्म शिक्षाको माध्यमबाट संसारभरि राज गरेको स्मरण गर्नुभएकाे छ ।

    उहाँले बुद्ध धर्म र बौद्ध शिक्षालाई विशेष महत्व दिएर कार्यक्रमको आयोजना गरेको भन्दै भारत सरकारलाई धन्यवाद ज्ञापन समेत गर्नुभएकाे छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज देशभर मनसुनी गतिविधि सक्रिय, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान

    सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो

    काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।

    सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    Techie IT