Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २२ शुक्रबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियबेमौसमी वर्षाले धान बालीमा क्षति पुर्‍याउँदा किसान मर्कामा 

    बेमौसमी वर्षाले धान बालीमा क्षति पुर्‍याउँदा किसान मर्कामा 


    काठमाडौं/ १९ कातिक, हावाहुरीसहित आएको वर्षाले सिन्धुपाल्चोक, काभ्रे, सर्लाहीलगायतका किसानले लगाएको धान बालीमा क्षति पुर्‍याएको छ। बेमौसमी वर्षाले धान बालीमा क्षति गरेपछि किसान मर्कामा परेका छन् । 
    काटेर खेतमै सुकाएको धान वर्षाको पानीमा डुबेको छ । कतिपय स्थानमा काट्न बाँकी रहेका धान हावाले ढालेको छ । खेतमा सुकाउन राखेको धान डुबेको तथा हावाका कारण धान ढल्दा किसानलाई क्षति पुगेको छ ।
    यसले उत्पादनमा असर गर्ने किसानको दुःखेसो छ । मुखमै आइसकेको बाली पानी परेर भिजेपछि यतिबेला किसान चिन्तित छन् । चन्द्रनगर गाउँपालिका–१ लघुवाका किसान शंकर रामले बेमौसमी पानीका कारण किसानहरु मर्कामा परेको जानकारी दिनुभयाे ।
    वर्षाका कारण काटेर खेतमा सुकाउन राखेको धान डुबेको छ भने काट्न बाँकी रहेका केही स्थानका धान हावाले ढालेको उहाँले बताउनुभयाे । ‘बेमौसमी वर्षाले किसानको मुखमै आइसकेको धान बालीमा क्षति पुर्‍याएको छ, कतिपय खेतमा पानीमा बालासहितको धान तैरिरहेको छ, भने कतिपय किसानको काट्न बाँकी रहेको धान हावाले ढालेको छ,’ उहाँले भन्नुभयाे, ‘प्रकृतिले पनि हामी किसानलाई नै ठग्दो रहेछ ।’
    यहाँ केही दिनअघिदेखि नै बादल लागेर मौसम धाम्मधुम्म भइरहेको थियो । किसानले पाकीसकेको धान डराई डराई काटेर सुकाईरहेका थिए ।
    आइतबार विहान जिल्लाको उत्तरी क्षेत्रमा दक्षिणी क्षेत्रको तुलनामा ठुलो पानी परेको थियो । जिल्लाको उत्तरी क्षेत्रमा छिटो पाक्ने तथा दक्षिणी क्षेत्रमा ढिलो पाक्ने धान किसानले लगाउँदै आएका छन् ।
    वर्षाले भर्खरै छरिएको तोरी, चना, मसुरो लगायतको दलहन बाली तथा आलु, गोलभेंडा, काउली जस्ता तरकारी बालीमा पनि क्षति पुर्‍याएको छ । कृषि ज्ञान केन्द्र मलंगवाले बेमौसमी वर्षाले किसानलाई क्षति गरेको जनाएपनि यकिन तथ्यांक संकलनको काम भईरहेको जनाएको छ ।
    पाकेर लहलह भएको धान भित्र्याउने बेला मुसलधारे पानी परेपछि अत्यन्तै पीडा परेको बताउनुहुन्छ सिन्धुपाल्चोकका एक किसान।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन

    रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र

    काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित…

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका

    काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको

    Techie IT