बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय सोहेल मिया रहेका छन् ।
बुधबार राति करिब ८ बजे ढुङ्गा–माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको इभी गाडी पुरिएको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र गुल्म हेक्वा म्याग्दीबाट सशस्त्र प्रहरीसहितको संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो ।
उद्धार टोलीले गाडीभित्र रहेका मियालाई बाहिर निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्याएको थियो । तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको बेनी–जोमसोम सडकखण्ड खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ नयाँ ढंगले जान सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छुः प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस