बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द
भक्तपुर/ ८ असाेज, मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगर अस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. डि.के. रौशनले लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा बिरामीको लागि खरिद गर्नुपर्ने औषधि खरिददेखि चिकित्सक, नर्सको तलबभत्ता दिन समस्या परेकाले सेवानै बन्द गर्नु पर्ने अवस्थामा पुगेको बताउनुभयाे ।
नेपाल कोरिया नगरपालिका अस्पतालको स्वास्थ्य बीमा वापतको रु २१ करोड ५७ लाख रुपैँया भुक्तानी प्राप्त गर्न बाँकी रहेकाले दैनिक नौ सय बिरामीलाई सेवा दिँदै आएको अस्पतालले बीमा रकमकै कारण सेवा बन्द हुन अवस्थामा पुगेको र मेडिकल उपकरणसमेत खरिद गर्न नसकेको उहाँले बताउनुभयाे ।
मेसु डा.रौशनले दसैँअघिसम्म पैसा नआए कर्मचारीलाई दसैँको मुखमा तलब र दसैँभत्ता दिन नसक्ने बताउनुभयाे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ३ सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्यो, तीन जना बेपत्ता
- ४ नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
- ५ सुनसरी गोलीकाण्ड : उपचारका क्रममा अर्का युवकको मृत्यु, मृतक संख्या तीन पुग्यो
- ६ एलपी ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमद्वारा ‘क्विक रेस्पोन्स टिम’ गठन
- ७ आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा

तपाईको प्रतिक्रिया दिनुहोस