बिहीबारदेखि छनोट एन्फा महिला लिग छनौट प्रतियोगिता हुदै
काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा राजधानीमा बिहीबारदेखि एन्फा महिला लिग छनोट प्रतियोगिता आयोजना हुने भएको छ ।श्रावण २९ गतेबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महिला लिग छनौट २०२५ आयोजना हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका हुन् ।लिगमा सहभागी उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन्।
उनले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । प्रतियोगिताको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । सहभागी १४टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।
जसमा समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्डबीच फुटबल तथा एफसी रियल छन् ।
त्यस्तै समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् । प्रतियोगिताको उद्घाटन खेलमा एफसी रियल र छहारी फुटबल क्लबबीच हुनेछ । उक्त खेल दिउँसो १ बजे हुनेछ ।
हरेक टिमले आफ्नो समुहमा ६ वटा खेलहरु खेल्नेछन् । दुवै समुहको विजेता र उपविजेता टिमहरु स्वत एन्फा महिला लिगको लागि छनौट हुनेछन् भने समुहको तेस्रो स्थानका टिमहरुबीच एक नकआउट खेल खेलाइ विजेता टिम छनौट गरिनेछ । प्रतियोगितामा कुल ४३ वटा खेलहरु खेलिनेछन् ।
प्रतियोगिताको अनुमानित कुल बजेट ८९ लाख ७३ हजार ५७१ रहेको एन्फाले जानकारी दिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- २ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै
- ३ कांग्रेस निर्वाचन अपडेट: राष्ट्रिय सभागृह, खुलामञ्च र तीनवटा हलमा भोटिङ, मोबाइल लैजान निषेध
- ४ सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
- ५ नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्यो, मासिक कमाइ साढे ७५ हजार हुने
- ६ नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
- ७ विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, डलरको बिक्रीदर १५५ रुपैयाँ पार

तपाईको प्रतिक्रिया दिनुहोस