बिहार विधानसभा निर्वाचन : मतगणनामा नीतिश-भाजपा गठवन्धनको अग्रता
काठमाडौं । बिहारको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणना आज बिहानदेखि सुरु भएको छ ।२४३ सिटका लागि भएको निर्वाचनको मतगणनाको प्रारम्भिक रुझानमा नीतीश कुमारको नेतृत्वको नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) र तेजस्वी यादवले नेतृत्व गरेको महागठबन्धनबीच प्रतिस्पर्धा छ ।
अहिलेसम्म सबै २४३ सीटका प्रारम्भिक रुझान आउँदा बिहारमा नीतिश कुमारको पार्टी अगाडि देखिएको छ । उनले नेतृत्व गरेको एनडीए गठबन्धन १६० सीटमा अगाडि देखिएको छ । एनडिएमा भाजपा, जनता दल युनाइटेड, लोजपा लगायत दल छन् । तेजस्वी यादव नेतृत्वको महागठबन्धन ७९ सीटमा अगाडि छ ।
महागठबन्धनमा राष्ट्रिय जनता दल (राजद), कांग्रेस, सीपीआई (एमएल) लगायत दल छन् ।सिट हेर्दा जनता दल युनाइटेड (जदयु) ७५ र भारतीय जनता पार्टी (भाजपा) ७० सीटमा अगाडि छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ३ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ४ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ५ सर्वपक्षीय बैठक बस्दै
- ६ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ७ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो

तपाईको प्रतिक्रिया दिनुहोस