Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २५ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारबिमा गरेकाले जुनसुकै अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन

    बिमा गरेकाले जुनसुकै अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन


    काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा गरेका प्रत्येक नेपालीले तोकिएका देश भरिका जनसुकै अस्पतालबाट स्वास्थ्य उपचार सेवा लिन पाउने गरि व्यवस्था गर्न सरोकारवालालाई सुझाव सहित निर्देशन दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यन्वयन कार्ययोजना हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले नागरिकले जुन ठाउँमा स्वास्थ्य बिमा गरे पनि आवश्यक परेको बेला जुनसुकै अस्पतालमा गएर सेवा लिन पाउने व्यवस्था गर्नु आवश्यक रहेको बताएका हुन । मन्त्री बस्नेतले भने, ‘ जुन ठाउँबाट बिमा गरेपनि तोकिएका जुनसुकै अस्पतालबाट पनि नागरिक सेवा पाउने गरि व्यवस्था गर्नु पर्ने र बिमा कार्यक्रम पारदर्शी तथा निश्पक्ष हुनु पर्नेमा ध्यान दिन नसकिए स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुदैन । त्यसैले यी दुई कुरामा ध्यान दिनै पर्छ । ’ जनतालाई प्रत्यक्ष राहत दिन सकिएन बने स्वास्थ्य विमाको उद्देश्य पूर्ति नहुने मन्त्री बस्नेतको ठम्याई छ । स्वास्थ्य बिमाको अहिलेको व्यवस्था अनुसार बिमितले बिमा गर्दा उल्लेख गरेको नजिकको पहिलो स्वास्थ्य संस्थाले थप उपचारका लागि रिफर गरेपछि मात्र अर्को अस्पतालमा उपचार गराउन पाइने व्यवस्था छ । बिमा गरेपछि एक लाख रुपैया बराबरको सेवा पाउने व्यवस्थाको दुरुपयोग गर्दै टाउँको दुख्दा सिटामोल खानु पर्ने अवस्थामा समेत अनावश्यक स्वास्थ्य जाच गराएर विमाको पैसा सक्ने जमातका कारण बिमामा समस्या देखिएको मन्त्री बस्नेतले औल्याए । अस्पतालहरुलाई बिमाको दावी भुक्तानी गर्दा भेदभाव भएको पाइएकाले भविश्यमा त्यसो भएको पाइए कारवाही गर्ने मन्त्री बस्नेतले चेतवानी दिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्ले गरेको कार्यसम्पादनमा स्वास्थ्य मन्त्रालय ५७ अंकका साथ छैटौ नम्बरमा आएको प्रसंग उठाउदै मन्त्री बस्नेतले कार्यसम्पादनका एक नम्बर आउने गरि काम गर्न मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिए । आपूर्ति महासाखाले समयमा उपकरण किन्न नसकेकोमा आक्रोस व्यक्त गर्दै मन्त्री बस्नेतले २ महिनामा किनेर स्वास्थ्य केन्द्रहरुलाई पठाइसक्नु पर्ने उपकरण पाँच महिनासम्म पनि किन्न नसक्नु अक्षमता भएको बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोषन पोखरेलले मन्त्री बस्नेतलाई राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यन्वयन कार्ययोजना हस्तान्तरण गरेका थिए । तिन वटा समूहले तिन महिनाको समय लगाएर उक्त कार्ययोजना बनाएका थिए । बिगत १६ वर्षदेखि मन्त्रीपरिषद्बाट पास हुन नसकेको उक्त स्वास्थ्य वित्त रणनीति मन्त्री बस्नेतले गत जेठमा पास गराएका थिए । कार्यक्रममा मन्त्रालयका निति योजना तथा अनुगमन महासाखाका प्रमुख डा.कृष्ण पौडेलले तिन समूहले तिन भागमा बिभाजन गरेर उक्त कार्ययोजना तयार पारेको जानकारी दिदै यसको कार्यन्वयन अवको प्रमुख चुनौति रहेको बताए । कार्यक्रममा डा. पुकार मल्ल, डा. समिर अधिकारी, शम्भू ज्ञवाली र डा. पोमावती थापाले रणनीतिले अवलम्बन गरेको व्यवस्थाको बारेमा प्रस्तुति दिदै यसको कार्यन्वयनका लागि सरकारका तीन वटै तहले स्वास्थ्यमा कम्तिमा पनि १० प्रतिसत बजेट विनियोजन गरेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाका सहमहामन्त्री

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्। गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंहको शव

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    Techie IT