Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २२ शुक्रबार

    अपडेट
    गृहपृष्ठप्रदेशबाग्मतीबाैद्ध बिहार संघ ललितपुरमा नयाँ नेतृत्व चयन

    बाैद्ध बिहार संघ ललितपुरमा नयाँ नेतृत्व चयन


    ललितपुर/ ४ मंसिर, बौद्ध बिहार संघ ललितपुरको ४९ ओैं साधारणसभाबाट नयाँ संचालक समिति चयन भएको छ ।
    आइतबार सम्पन्न साधारणसभाले रत्नाकर महाबिहारका प्रतिनिधि करुणा रत्न बज्राचार्यकाे अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको निर्वाचन अधिकृत पुष्परत्न शाक्यले जानकारी दिनुभयो ।
    निर्वाचन अधिकृत शाक्यले दिनुभएको जानकारी अनुसार उपाध्यक्ष पदमा मणि मण्डप महाबिहारका पुष्प शाक्य, मयुर वर्ण महाविहारका सुरेन्द्र बज्राचार्य, हिरण्यवर्ण महाविहारका राजु बज्राचार्य र दत्तनाम महाबिहारका अमोघ बज्र बज्राचार्य निर्विरोध निर्वाचित हुनुभएको हाे।
    महासचिवमा यशोधर महाबिहारका बाबु राजा बज्राचार्य निर्विरोध निर्वाचित हुनुभयो ।
    सचिव पदमा ललितवर्ण महाविहारका दिपक शाक्य, काेषाध्यक्षमा गोपी चन्द्र महाबिहारका नरेश शाक्य र सहकाेषाध्यक्षमा बैश वर्ण महाविहारका रबिन्द्र शाक्य निर्विरोध चयन हुन सफल हुनुभएको छ।
    कार्यसमिति सदस्यहरुमा निर्विरोध निर्वाचित हुनेहरुमा रुद्र बर्ण महाबिहारका किशोर शाक्य, सप्तपुर महाविहारका हेम रत्न शाक्य, धर्म किर्ति महाबिहारका सरोज बज्राचार्य, रक्षेश्वर महाविहारका रूप कुमार शाक्य, गुण लक्ष्मी महाबिहारका बुद्ध रत्न बज्राचार्य, सुरशचन्द्र महाबिहारका सुनिल शाक्य, लोका किर्ति महाविहारका राजेश बज्राचार्य, श्रीबच्छ महाविहारका वत्स कुमार शाक्य, बलाधर गुप्त महाविहारका दिनेश शाक्य, यम्पि महाविहारका विनोद राज शाक्य, र नापी चन्द्र महाविहारका शैलेन्द्र राज शाक्य हुनुहुन्छ ।
    “२१ सदस्यीय कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा कुनै पनि उम्मेदवारी नपरेकोले यस वर्ष उक्त पद खाली नै रहनेछ, अध्यक्षकाे सिफारिसमा कार्यसमितिले चार जना सदस्यहरु मनाेनयन गर्ने व्यवस्था रहेको छ।” निर्वाचन अधिकृत शाक्यले भन्नुभयो ।
    वि.सं. २०३२ मंसिर १ गते हिरण्यवर्ण महाविहारमा स्थापना भएको बाैद्ध विहार संघमा हाल ललितपुरका ३० वटा वाैद्ध विहारहरुकाे प्रतिनिधित्व रहेकाे निर्वतमान अध्यक्ष नानीकाजी शाक्यले जानकारी दिनुभयो।
    “ललितपुरमा २ सय ५० भन्दा बढि बिहारहरु छन्, सबैलाई सदस्य बनाउन सकिएकाे छैन, मुख्यमुख्य महाविहारबाट मात्रै प्रतिनिधित्व हुने व्यवस्था रहेको छ।” उहाँले भन्नुभयो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन

    रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र

    काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित…

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका

    काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको

    Techie IT