बाह्रबिसे-तातोपानी सडक अवरुद्ध, कोदारीमा सडक भासिँदा सवारी ठप्प
सिन्धुपाल्चोक। शनिबार रातिदेखिको निरन्तर वर्षाले बाह्रबिसे–तातोपानी सडक खण्डमा गम्भीर क्षति पु¥याएको छ। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोडिने यो २६ किलोमिटर सडक खण्ड आइतबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो।भोटेकोसी गाउँपालिका–२ को कोदारी क्षेत्रमा सडक भासिएपछि यातायात सम्पूर्ण रूपमा ठप्प बनेको छ। यसका कारण चीनबाट सामान लिएर आएका कन्टेनरहरू र नेपालबाट तातोपानीतर्फ गएका सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन्।
वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार, सडक भासिएपछि यात्रु तथा सवारी चालकहरू गन्तव्यमा पुग्न नसक्ने अवस्थामा छन्। उनले यसअघि पनि कोप्लाङ क्षेत्रमा करिब १५ फिट सडक भासिएको स्मरण गराउँदै, तातोपानी नाका पटक–पटक यस्तै घटनाका कारण सम्पूर्ण रूपमा बन्द हुँदै आएको जानकारी दिए।
स्थानीय प्रशासनका अनुसार, तत्कालका लागि वैकल्पिक मार्गको व्यवस्था गर्न कठिनाइ रहेको छ। यद्यपि, घटनास्थलमा प्रारम्भिक मर्मत कार्य थालिएको छ र विस्तृत मूल्याङ्कनपछि पुनः निर्माण कार्य अघि बढाइने बताइएको छ।
तातोपानी नाका भौगोलिक जटिलता र प्राकृतिक प्रकोपको उच्च जोखिम भएका कारण लगातार समस्यामा पर्दै आएको क्षेत्र हो। बर्सातसँगै पहिरो, सडक भासिने, र नाका अवरुद्ध हुने समस्या बारम्बार दोहोरिँदा यो क्षेत्रको व्यापार र आवागमनमा गम्भीर असर पुगिरहेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ४ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ५ कांग्रेस संस्थापनइतर पक्षद्वारा महाधिवेशनसहित सबै निर्णय यथास्थितिमा राख्न माग
- ६ आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस