Techie IT
  • The Film Nepal
  • २०८३ असार २६ शुक्रबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रबालुवाटारमा ‘नेपाल हस्तकला प्रदर्शनी २०२६’ हुँदै, ७० स्टलमा स्थानीय कला र परिकारको स्वाद

    बालुवाटारमा ‘नेपाल हस्तकला प्रदर्शनी २०२६’ हुँदै, ७० स्टलमा स्थानीय कला र परिकारको स्वाद


    काठमाडौं । नेपाल हस्तकला महासंघ ले ‘नेपाल हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम २०२६’ आयोजना गर्ने भएको छ । महासंघले आगामी जेठ ८ देखि १० गतेसम्म बालुवाटारस्थित अम्रपाली बैंक्वेट एण्ड इभेन्ट मा मेला सञ्चालन गर्न लागिएको जनाएको हो । तीन दिनसम्म चल्ने मेलामा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म विभिन्न जिल्लामा उत्पादन भएका हस्तकला सामग्रीको प्रदर्शनी तथा बिक्री गरिनेछ । आयोजकका अनुसार मेलामा करिब ७० वटा स्टल रहनेछन् ।

    महासंघले मेलाको मुख्य उद्देश्य स्थानीय हस्तकला उद्यमीलाई बजारसँग जोड्नु, रोजगारी तथा आयआर्जन वृद्धि गर्नुका साथै परम्परागत सीप, कला, संस्कृति र स्थानीय परिकारको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको जनाएको छ । मेलामा हस्तकला प्रदर्शनीसँगै सांस्कृतिक कार्यक्रम, कलाकार तथा कालिगढको जीवित सीप प्रदर्शन र स्थानीय परिकारको स्वादसमेत प्रस्तुत गरिनेछ ।

    कार्यक्रममा काठमाडौं उपत्यकासहित संखुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा र बागलुङलगायत जिल्लाका संघसंस्थाको सहभागिता रहने जनाइएको छ । महासंघले हस्तकला क्षेत्रले ठूलो संख्यामा स्वरोजगार सिर्जना गरिरहेको उल्लेख गर्दै कृषि क्षेत्रपछि देशभर विस्तार गर्न सकिने सम्भावनायुक्त उद्योगका रूपमा हस्तकलालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएको छ । आयोजकका अनुसार मेलामा प्रवेश निःशुल्क हुनेछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ

    सार्वजनिक सञ्चारमाध्यममा करार नियुक्तिमा कडाइ, अत्यावश्यक अवस्थामा मात्रै कर्मचारी राख्न…

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) र राष्ट्रिय समाचार समिति (रासस)मा

    सरकार ‘होसहवासमा छैन’, लोकतन्त्र संकटमा छ : ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै वर्तमान सरकार ‘होसहवासमा नरहेको’ आरोप

    सहकारी बन्द होइन, सुधार गरेर व्यवस्थित गरिन्छ : मन्त्री प्रतिभा…

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रलाई तत्काल बन्द गर्नु सरकारको उद्देश्य नभएको स्पष्ट पार्दै

    लगातार दोस्रो दिन नेप्सेमा गिरावट, १९.६७ अंकले घट्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहीबार पनि गिरावट आएको छ। आज नेप्से १९.६७ अंकले घटेर २,६०१.९२ विन्दुमा कायम

    सुन तोलामा २४ सय र चाँदी १६० रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य

    Techie IT