Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिबालविवाह र दाइजो प्रथा अन्त्यका लागि अन्तिमसम्म संघर्ष गर्छु : उपसभामुख ठाकुर

    बालविवाह र दाइजो प्रथा अन्त्यका लागि अन्तिमसम्म संघर्ष गर्छु : उपसभामुख ठाकुर


    काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर ले छोरीलाई शिक्षित, सक्षम र सम्मानपूर्वक हुर्काउन अभिभावकलाई आग्रह गरेकी छन् ।

    सर्लाहीको चन्द्रनगर गाउँपालिका मा आयोजित दुई दिने ‘बाल विवाह एवं दाइजो प्रथा उन्मूलनका लागि बृहत् सभा’लाई आइतबार सम्बोधन गर्दै उनले विशेषगरी मधेस क्षेत्रमा गहिरो रूपमा जरा गाडेको बालविवाह र दाइजो प्रथाविरुद्ध अन्तिम समयसम्म संघर्ष गर्ने बताइन् ।

    समाज परिवर्तनको आधार शिक्षा भएको उल्लेख गर्दै उपसभामुख ठाकुरले छोरीलाई अनिवार्य रूपमा शिक्षित बनाउनुपर्नेमा जोड दिइन् । दाइजो र बालविवाह देशकै लागि कलंक बनेको भन्दै उनले यस्ता कुप्रथा अन्त्य गर्न राज्य, समाज र परिवार सबै तहबाट अभियान सञ्चालन गर्नुपर्ने धारणा राखिन् ।

    विवाहपछि परिवार टुक्रिने, सम्बन्ध बिग्रिने तथा सामाजिक तनाव बढ्नुमा दाइजो प्रथाले ठूलो भूमिका खेलेको उनको भनाइ थियो । दाइजो दुवै परिवारका लागि अभिशाप बन्दै गएको उल्लेख गर्दै उनले यसको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताइन् ।

    उपसभामुख ठाकुरले पछिल्लो समय किशोरकिशोरी घर छाडेर हिँड्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै अभिभावकको सुझावलाई गलत अर्थमा नलिन र आवेगमा निर्णय नगर्न युवापुस्तालाई आग्रह गरिन् ।

    कार्यक्रममा सर्लाही क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारी ले समाजमा रहेका कुरीति, कुसंस्कार र विभेद शिक्षा मार्फत मात्रै हटाउन सकिने बताइन् । उनले छोरी शिक्षित भए परिवार र समाज दुवै सबल बन्ने भएकाले छोरीको शिक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT