बार्सिलोनालाई महिला च्याम्पियन्स लिगको उपाधि
काठमाडौं । सर्वाधिक आठपटकको विजेता फ्रेन्च टोली लियोनविरुद्ध ४–० को सानदार जित निकाल्दै स्पेनको बार्सिलोनाले यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि हात पारेको छ ।शनिबार नर्वेको उल्लेभल रंगशालामा बार्सिलोनालाई जित दिलाउन इवा पाजोर र साल्मा पारालुएलोले समान दुई गोल गरे । चारै गोल दोस्रो हाफमा भएका थिए ।
खेलको ५५औँ मिनेटमा पाजोरको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । ६९औँ मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाइन् ।पारालुएलोले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दा बार्सिलोनाको अग्रता ३–० मा पुग्यो । इन्जुरी सयमा पारालुएलो व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् ।बार्सिलोनाले चौथोपटक महिला च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ३ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ४ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ५ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ६ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ७ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग

तपाईको प्रतिक्रिया दिनुहोस