बाढीले उपल्लो मुस्ताङमा ४ पुल बगायो, २ पुलमा क्षति
मुस्ताङ । उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको हाे।
मंगलबार बेलुका साढे ५बजेको बाढीले मुस्ताङको लोमन्थाङ गाउँपालिका वडा नं ४ स्थित चुम्जुङ खोला (छुआमा खोला समेत भनिने)मा नेपाल चीन सिमाक्षेत्रबाट अचानक बाढी आई ३ वटा काठे पुल, १ वटा मोटरेबल फलामे पुल र २ वटा स्ल्याब बगाएको र २ वटा पक्की पुलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको हो ।
बाढीको सतह अहिले केही मत्थर हुँदै गइरहे पनि त्यस क्षेत्रको सुरक्षा सावधानीका लागि इलाका प्रहरी कार्यालय छोेसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा नौ जनाको टोली खटिएको उनले उल्लेख गरे ।
वडा नं १ छोसेरस्थित खोला किनारका २ वटा घरका ४ जना व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ भने उक्त खोलाको किनारमा पर्ने धीगाउँ, चराङ, सुर्खाङ, छुसाङका साथै कालीगण्डकी किनारका कागबेनी, एक्लेभट्टी, जोमसोम, स्याङ, मार्फा, खन्तीबजार, कोबाङ लगायतका जोखिमयुक्त बस्तीका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन प्रमुख अधिकारी विष्णु प्रसाद भुसालले आग्रह गरेका छन् ।
साथै यस जिल्लास्थित सुरक्षा निकायहरु विपद् प्रतिकार्यका लागि परिचालन गरिएको पनि भुसालले जानकारी दिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ६ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ७ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव

तपाईको प्रतिक्रिया दिनुहोस