Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारबाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

    बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध


    काठमाडौं । बाढी, पहिरो तथा सडक क्षतिका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार बिहान ६ः३० बजेसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध हुनुका साथै केही स्थानमा एकतर्फी सञ्चालन भइरहेको छ।

    कोशी प्रदेशअन्तर्गत भोजपुरमा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने इलामको मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ। इलाम नगरपालिका–९ राजदुवालीदेखि झापा हुँदै ताप्लेजुङतर्फ जाने सडकखण्डमा समेत यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।

    बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्तिलोकपथमा बाढी तथा पहिरोको जोखिमका कारण यातायात सञ्चालनमा रोक तथा प्रतिबन्ध लगाइएको छ। काभ्रेमा बाढीको जोखिमका कारण केही समय सवारी सञ्चालन रोकिएको छ भने मकवानपुरतर्फ रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।

    सिन्धुपाल्चोकको अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध छ। रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि बाढीका कारण लामो समयदेखि बन्द रहेको छ। रसुवाकै पासाङल्हामु सडकखण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध छ।

    नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि पहिरो तथा बाढीको जोखिमलाई ध्यानमा राख्दै रातिदेखि बिहानसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

    गण्डकी प्रदेशअन्तर्गत बागलुङको कालीगण्डकी करिडोर पहिरोका कारण एकतर्फी सञ्चालनमा छ। लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ भने मुस्ताङको बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

    त्यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा जाजरकोट–डोल्पा सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध छ।

    प्रहरीले बाढी, पहिरो तथा प्रतिकूल मौसमका कारण सडकमा जोखिम बढेको भन्दै सम्बन्धित सडकखण्डमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। साथै, स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT