बागमती मुख्यमन्त्री लामाले आज राजीनामा दिने
हेटौंडा। बागमती प्रदेशको राजनीतिमा केही दिनदेखि चलेको अनिश्चितताको बादल हटेको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले अन्ततः पदबाट राजीनामा दिने भएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि नैतिक दबाबमा परेका लामाले राजीनामा दिन सहमत भएका हुन् ।शनिबार पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा लामा र बानियाँबीच भएको छलफलपछि यो सहमति जुटेको हो ।
छलफलमा सहभागी संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार, मुख्यमन्त्री लामाले राजीनामाका लागि दुईवटा शर्त राखेका थिए । पहिलो, आफूले नियुक्त गरेका तीन मन्त्रीलाई शपथ गराउनुपर्ने र दोस्रो, आगामी सरकार सञ्चालनमा आफ्नो पक्षसँग सहमति गर्नुपर्ने । यी दुई बुँदामा सहमति भएपछि लामा राजीनामा दिन तयार भएका हुन् ।
मुख्यमन्त्री लामाले साउन १४ गते कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतक गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । तर, सत्ता साझेदार दल नेकपा एमालेको असन्तुष्टि र पछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा आएको आकस्मिक समस्याका कारण शपथ ग्रहण कार्यक्रम रोकिएको थियो । काठमाडौंमा उपचाररत प्रदेश प्रमुख देवकोटा आइतबार हेटौंडा फर्किएमा उनलाई नै राजीनामा बुझाइने, नभए मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा दर्ता गरिने बताइएको छ ।लामाले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्नेछन् । उनी प्रदेशको छैटौं मुख्यमन्त्री हुनेछन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ५ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ६ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ७ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

तपाईको प्रतिक्रिया दिनुहोस