Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिबागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो


    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको छ।

    नेपाली कांग्रेससँग सातै प्रदेशमा सत्ता सहकार्यमा समस्या उत्पन्न भएपछि एमालेले सरकारबाट बाहिरिने तयारी गरेको थियो। सोहीअनुसार बागमतीका एमाले मन्त्रीहरूले बिहीबार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा राजीनामा बुझाउने तयारी गरेका थिए। तर, पार्टीको केन्द्रीय नेतृत्वबाट आएको निर्देशनपछि उक्त निर्णय तत्कालका लागि रोकिएको स्रोतले जनाएको छ।

    बागमती प्रदेश सरकारमा एमालेबाट कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, स्वास्थ्यमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी, उद्योगमन्त्री विन्दु श्रेष्ठ, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा तथा भौतिक पूर्वाधार विकासमन्त्री दिनेशचन्द्र देवकोटा सहभागी छन्।

    सुदूरपश्चिम प्रदेशमा बजेटसम्बन्धी विवादका कारण कांग्रेस र एमालेबीच सम्बन्ध बिग्रिएपछि कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्ष निकालेको छ। त्यसअनुसार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमाले सरकारबाट बाहिरिएको छ।

    यस्तै, कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मिलेर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

    कांग्रेसको केन्द्रीय नेतृत्वले सबै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्देशन दिए पनि एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा भने कांग्रेस तत्काल सरकारबाट नबाहिरने संकेत गरेको छ। त्यसैगरी लुम्बिनी प्रदेशमा कांग्रेस सरकारबाट बाहिरिने तयारीमा रहेको र गण्डकी प्रदेशमा पनि सत्ता सहकार्य टुट्ने अवस्था देखिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने

    Techie IT