बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
मकवानपुर | बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले आज शुक्रबार नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन् ।मुख्यमन्त्री बानियाँले विना विभागीय मन्त्री शिवराज अधिकारीको समेत जिम्मेवारी तोकेका छन् । अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा याेजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी रायमाझीले जिम्मेवारी पाएका छन । आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी शिवराज अधिकारीलाई प्रदान गरेका छन् ।
मुख्यमन्त्री बानियाँले यसअघि आफूसहित ९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । त्यतिबेला आफूसहित कांग्रेसबाट तीन र सत्ता साझेदार दल नेकपा एमालेबाट ६ मन्त्री नियुक्त गरिएको थियो ।बागमतीमा मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय रहेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
- २ प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा
- ३ पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्षओलीलाई पितृ शोक
- ४ एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
- ५ प्रत्यक्ष तर्फका १६५ स्थानकै नतिजा आयो,कसले कति सीट जिते ?
- ६ नेप्सेमा ४६.७८ अंकको गिरावट, १३ अर्ब १८ करोडको कारोबार
- ७ शेयर बजार झन्डै २४ अङ्कले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो

तपाईको प्रतिक्रिया दिनुहोस