कास्की । कास्कीको पोखरामा आज भएको विद्यालयको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २८ जना घाइते भएका छन् ।
पोखरा–१७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग१क ६२१९ नम्बरको विद्यार्थी बोकेको बस पोखरा–२१ गुड्कुस्थित भित्री सडकमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको थियो ।
सो घटनामा पोखरा–२१ बस्ने उक्त विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र विद्यालयमा अध्ययनरत उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । दुवैजनाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका विद्यार्थी, शिक्षक, अभिभावक तथा चालकमध्ये १३ जनाको गण्डकी मेडिकल कलेजमा, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र तीन जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- २ नेपालमा परेको विपत्तिप्रति माल्दिभ्सको ऐक्यबद्धता, खनाल–आदमबीच फोनवार्ता
- ३ सैनिक पोशाक प्रयोग गरेको विवादमा आएको ‘ग्रिन आर्मी’को दर्ता खारेज
- ४ भोटेकोशी बाढीका कारण २३औँ निजामती सेवा दिवसका कार्यक्रम रद्द
- ५ एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल
- ६ जेनजी आन्दोलनको एक वर्ष : आज शहीद दिवस मनाइँदै
- ७ सप्तकोशीको बहाव खतराको तहमा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस