बल्ल उद्योग बाणिज्य महासंघको शिक्षा, शिप विकास र रोजगार समितिले पूर्णता पायो
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको शिक्षा, शिप विकास र रोजगार समितिले पूर्णता पाएको छ । महासंघ कार्यकारीणी समिति सदस्य गोपाल खनालको सभापतित्वमा रहेको समितिले बुधबार पूर्णता पाएको हो । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले समितिका सल्लाहकार तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरे ।
समितिको उपसभापतिमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, मेगा कलेजका सहायक क्याम्पस प्रमुख मधुकर पाण्डे र काठमाडौं टेक्निकल स्कुलका सीईओ उपेन्द्र शर्मा घिमिरे नियुक्त भएका छन् ।
समितिको सदस्यहरुमा नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, इकोनोमिक मिडिया सोसाइटी नेपाल-इम्सन_का महासचिव तथा सञ्चार उद्यमी नारायण प्रसाद पौडेल, स्वास्थ्य तथा विज्ञान प्रविधि फोरमका महासचिव निर्मल सापकोटा, नव प्रवर्तन विज्ञ अनिल पराजुली र कन्सर्न नेपालका नवराज खनाल रहेका छन् ।
समितिको सल्लाहकारहरुमा त्रिभुवन विश्वविद्यालयका डिन प्रा.डा. डिल्लीराज शर्मा, हिसानका सभापति रमेश शिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुंगाना र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी रहेका छन् ।
समितिका उपसभापति, सल्लाहकार तथा सदस्यहरुलई मनोनयन पत्र थमाउँदै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले शिक्षा, शिप विकास तथा रोजगारीलाई आफुले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । अध्यक्ष ढकालले महासंघले सोही मर्म अनुसार ‘जब फेयर’को आरम्भ गरेको पनि जानकारी दिए । उनले गुणस्तरिय शिक्षा, शिपयुक्त जनशक्ति उत्पादन र रोजगारी प्रवर्द्धनका लागि सरकार–निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए ।
महासंघ उपाध्यक्षद्धय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले पनि शिक्षा, शिप विकास र रोजगारीलाई नै केन्द्रमा राखेर आफुहरु अघि बढिरहेको बताएका थिए । गुणस्तरिय शिक्षाका माध्यमबाट शिपयुक्त जनशक्ति तयार हुने र त्यसले सहजै रोजगारी पनि प्राप्त गर्ने उनीहरुको भनाई थियो ।
समितिका सभापति गोपाल खनालले समितिको अगुवाईमा नेपालको शिक्षा प्रणाली, शिपयुक्त जनशक्ति उत्पादन र रोजगारी सृजनाका क्षेत्रका आफुले केहि नयाँ काम गर्ने योजना बनाएको बताएका थिए । सभापति खनालले सरकार, निजी क्षेत्र र विज्ञहरु सम्मिलित वृहद छलफल तथा अन्तरक्रियाका माध्यमबाट समितिले ठोस योजनासहित काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ३ कप्तानगञ्जसहित तराईका जिल्लामा देखिएको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, शान्ति कायम गर्न आग्रह
- ४ त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त
- ५ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ६ राष्ट्रपतिद्वारा प्रधानमन्त्री शाहलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह
- ७ संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल

तपाईको प्रतिक्रिया दिनुहोस