बल्खु खोलामा तीव्र बहाव, जोखिममा परेका करिब २० जना सुरक्षित स्थानमा सारिए
काठमाडौं । अविरल वर्षाका कारण काठमाडौँको बल्खु खोलामा पानीको बहाव तीव्र भएपछि नदी किनारका घर जोखिममा परेका छन् । जोखिममा परेको एक घरमा भाडामा बस्दै आएका करिब २० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नायब उपरीक्षक किशोरकुमार भट्टराईका अनुसार जोखिममा परेको घरबाट भाडामा बस्दै आएका करिब २० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।
बल्खु खोलामा बाढीको बहाव बढ्दै गएपछि बल्खुस्थित तरकारी बजार क्षेत्रमा समेत पानी पस्ने अवस्था देखिएको छ ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रहरीले नदी किनारका क्षेत्रमा माइकिङ गरी स्थानीयवासीलाई सतर्क रहन तथा सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस