Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २९ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिबद्री रिजाल चिकित्सक संघको अध्यक्षमा विजयी

    बद्री रिजाल चिकित्सक संघको अध्यक्षमा विजयी


    काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मतगणना अनुसार डा. रिजाल अध्यक्षमा निर्वाचित भएका हुन् । मतगणना सकिँदा उनको पक्षमा ३ हजार १९६ मत आएको थियो भने उनका निकतम् प्रतिस्पर्धी रहेका डा. मंगल रावलले २ हजार ९४० मत आएको थियो । त्यस्तै अध्यक्षकै अर्का उम्मेदवार डा. नारायणप्रसाद भुसालले ८६९ मत ल्याएका छन् ।

    वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी ३ हजार ३६ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षका उम्मेदावर डा. कीर्तिपाल सुवेदीले २ हजार ३०२ र डा. अजयकुमार मिश्रले १ हजार ४२१ मत पाए ।

    महासचिवमा डा. विश्वराज दवाडी २ हजार ७२२ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी डा. कालुसिंह खत्रीले २ हजार ४२३ र डा. अमृत भुसालले १ हजार ६४६ मत पाए ।

    कोषाध्यक्षमा डा. संयुक्त आचार्य ३ हजार १८६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी डा. चाँदनी जैसवालले २ हजार ९९ र डा. विनोदकुमार महासेठले ९७४ मत पाएका छन् ।

    १९ सदस्यीय कार्यसमितिमा अधिकांश पदमा डा. रिजालकै उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा डा. रिजालकै प्यानलका उम्मेदवार निर्वाचित भएका हुन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंमा ग्यास सहज रूपमा बिक्री गर्न प्रशासनको निर्देशन

    काठमाडौं । काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन

    रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म…

    काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित

    आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज

    काठमाडौं । हिन्दू नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज

    जलवायु परिवर्तन, हिमतालको जोखिम र उठाउनु पर्ने आवाज

    शोभाखर भण्डारी नेपाल विश्वका ती देशहरूमध्ये एक हो, जसले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न अत्यन्त न्यून योगदान दिएको छ, तर

    त्रिशूलीमा पुल बगेपछि ह्युम पाइप राखेर अस्थायी आवतजावत सञ्चालन गरिने

    नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि त्रिशूली बजार क्षेत्रमा नदी वारपार गर्न भइरहेको समस्या तत्काल समाधान

    बाढीपछिको खोज तथा उद्धारबारे प्रधानमन्त्री शाह र न्युजील्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन…

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच भोटेकोशी बाढीपछिको अवस्थाबारे टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले

    Techie IT