“बढी भाडा लिए सिधै प्रहरीलाई फोन गर्नु”
काठमाडौं/ २२ असाेज, नेपाल प्रहरीले यातायात व्यवसायीले बढी भाडा लिए सिधै प्रहरीलाई फोन गर्न आग्रह गरेको छ। चाडपर्वका लागि लामो तथा छोटो दुरीका यात्रुको सुरक्षित यात्रा र ट्राफिक सचेतनाका लागि आइतबार यात्रु सहायता कक्ष स्थापना गर्दै प्रहरीले यस्तो आग्रह गरेकाे हो। प्रहरीले सिन्धुलीमा विभिन्न छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।
दसैँका बेला यातायात व्यावसायीले यात्रुसँग बढी भाडा लिए सिधै प्रहरीलाई फोन गर्न सकिने जनाइएको छ। जसका लागि १०० नम्बरमा फोन गर्न सकिने बताइएको छ।
चाडपर्वमा हुनसक्ने लुटपाट नियन्त्रण गर्ने, मदिरा तथा लागुऔषध सेवन गरी सवारी चलाउन रोक लगाउने, बढी भाडा लिने तथा यात्रामा अप्ठ्यारो पार्नेलाई कानुनको दायरामा ल्याउने, आपतकालीन अवस्थामा यात्रुलाई तत्काल सहायता गर्न सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयाे।
उहाँका अनुसार सदरमुकाम सिन्धुलीमाढीस्थित बसपार्क, खुर्कोट बजार, कपिलाकोटको छाप, भिमान, दुधौली बजार र डकाहामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। ती सहायता कक्षमा २२ प्रहरीले २४ सै घण्टा यात्रुलाई आवश्यकता बमोजिम सेवा प्रवाह गर्ने उहाँले बताउनुभयाे।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ४ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ५ कांग्रेस संस्थापनइतर पक्षद्वारा महाधिवेशनसहित सबै निर्णय यथास्थितिमा राख्न माग
- ६ आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस