Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठसमाचारबडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

    बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन


    काठमाडौं — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको पर्यटकीय तथा धार्मिक क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।

    बडीमालिका क्षेत्रमा लामो समयदेखि दूरसञ्चार सेवा अभाव रहेको विषयलाई गम्भीर रूपमा लिँदै मन्त्री तिमिल्सिनाले आवश्यक उपकरण तत्काल पुर्‍याएर सेवा सञ्चालन गर्न निर्देशन दिएका हुन्। सडकमार्फत सामग्री ढुवानी गर्न कठिन भएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत उपकरण ढुवानी गर्ने व्यवस्था मिलाउन पनि उनले आग्रह गरेका छन्।

    शुक्रबार मन्त्रालयमा भएको छलफलमा नेपाल टेलिकमले साउन महिनाभित्र बडीमालिकामा टेलिफोन सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। टेलिकमका अनुसार टावर निर्माणका लागि आवश्यक सामग्री धनगढीसम्म पुगिसकेको छ र हेलिकप्टर उपलब्ध भएलगत्तै निर्माण कार्य तीव्र बनाइनेछ।

    सरकारले देशभरका दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवा विस्तारलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग निरन्तर समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ।

    यसैक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले प्रधानमन्त्रीका सूचना, सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग भेट गरी बडीमालिकासहित दुर्गम क्षेत्रमा इन्टरनेट सेवा विस्तार, अनलाइन सट्टेबाजी (बेटिङ) एप नियन्त्रण तथा अनलाइन ठगी रोकथामका विषयमा पनि छलफल गरेका छन्।

    मन्त्री तिमिल्सिनाले बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग समेत भेट गरी स्थानीय पूर्वाधार, सडक पहुँच तथा सञ्चार सेवा विस्तारका आवश्यकताबारे जानकारी लिएका छन्।

    सरकारको डिजिटल पहुँच विस्तार गर्ने नीतिअनुसार नेपाल टेलिकमले ४,२०० मिटर उचाइमा रहेको बडीमालिका मन्दिर क्षेत्रमा फोरजी सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ। साथै सगरमाथा आधार शिविर क्षेत्रमा पनि फोरजी सेवा विस्तारका लागि अध्ययन कार्य अघि बढाइएको टेलिकमले जनाएको छ।

    हालै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१ दुनै क्षेत्रमा करिब ३,९०० मिटर उचाइमा फोरजी सेवा सञ्चालनमा आइसकेको छ। त्यस्तै ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा पनि ३,४०० मिटर उचाइमा फोरजी सेवा विस्तार भइसकेको छ।

    दूरसञ्चार सेवाको पहुँच विस्तार र डिजिटल विभाजन न्यूनीकरण गर्ने लक्ष्यअनुसार सरकारले देशभर थप करिब १,६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित पूर्वाधार निर्माण प्रक्रिया अघि बढाइसकेको छ। ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले आगामी आर्थिक वर्षमा मात्रै करिब ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने

    Techie IT