Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता अभिलेखिकरणका लागि सफ्टवेयर प्रणाली सुचारु

    बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता अभिलेखिकरणका लागि सफ्टवेयर प्रणाली सुचारु


    ललितपुर, ११ मंसिर: राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता अभिलेखिकरणका लागि सफ्टवेयर प्रणाली शुभारम्भ गरेको छ।

    प्राधिकरणले बुधबार यहाँ सार्वजनिक कार्यक्रम गरी सहकारीका सञ्चालक तथा व्यवस्थापन पक्षको भौतिक उपस्थिति विना नै स्वचालित अनलाइन प्रणालीबाट सहकारीको दर्ता अभिलेखिकरणको सुरुवात गरेको हो।

    दर्ता अभिलेखिकरणको सुरुवातको जानकारी दिन आयोजित कार्यक्रममा मन्तव्य राख्नुहुँदै  राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डाक्टर खगराज शर्माले सहकारीहरु पनि कर्जा सूचना केन्द्रको सदस्य बन्न सक्ने व्यवस्थापन गरिएको जानकारी गराउँदै निक्षेप तथा कर्जा सुरक्षण कोषमा समावेश हुने बिषयमा पनि सहज बनाउने बताउनुभयो।

    “सहकारीको कर्जा सुरक्षा गर्ने सन्दर्भमा हामी ध्यान दिनेछौं, सहकारी ऐनले भने अनुसार बचत तथा ऋणको कारोबार गर्न, बहुउद्देश्यीय र कृषि सहकारीहरुलाई समन्वय र सहजीकरण गरिरहेका छौँ, समस्या समाधानका विभिन्न उपायहरूलाई अवलम्बन गरेर सहकारी पीडितहरु दिनदिनै सडकमा आउने अवस्थाको अन्त्य गर्छौं।” उहाँले भन्नुभयो।

    उहाँले सम्पत्ति शुद्धीकरणको विषयमा ध्यान दिएर सहकारीहरुलाई निश्चित प्रणालीमा ल्याउन ध्यान दिने कुरामा जोड दिंदै विगतमा सृजना भएको समस्यालाई सबै पक्ष मिलेर समाधान गर्नुपर्ने धारणा राख्नुभयो।

    राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबि बस्नेतले प्राधिकरणले लागू गरेको प्रणालीले सहकारी संस्थाको संख्या अनुसार काम गर्न सक्नेगरी प्रणालीको सहज ब्यवस्थापन गर्न आग्रह गर्नुभयो। उहाँले प्राधिकरणका कर्मचारीहरुले सहकारी संस्थाहरुलाई सहयोग र समन्वय गरेर दर्ता अभिलेखिकरणका लागि सहज गरिदिन आग्रह गर्नुभयो। उहाँले नेपाल सरकारले विगतमा जारी गरेको ऐन, कानून, नीति र नियम अनुसार नै संघहरुले वित्तीय कारोबार गरेको बताउँदै वित्तीय कारोबार गरेका संघहरुलाई अझै केही समयसम्म सहजीकरण गरेर वित्तीय कारोबारलाई व्यवस्थापन गर्दै फिर्ता गर्ने अवसर दिनुपर्नेमा जोड दिनुभयो।

    नेपाल बचत तथा ऋण  केन्द्रीय सहकारी संघका कोषाध्यक्ष दिपक थापाले प्रारम्भिक सहकारी संस्थाहरुलाई बित्तीय पृष्ठपोषण र सहजीकरण आवश्यक भएको भन्दै सहकारी नियमन प्राधिकरणले शासक भन्दा पनि सहजकर्ता भूमिकामा रहेर काम गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

    राष्ट्रिय सहकारी बैकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईँले तथ्यांकको व्यवस्थापन र सम्पत्ति शुद्धीकरण यो प्रणालीको सुभारम्भले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अहिले सञ्चालन सुरुवात भएको प्रणालीमा  अझै सुधार गरी सहज र प्रभावकारी बनाउन आग्रह गर्दै सूचना प्रविधिको बिषयलाई चुस्त व्यवस्थापन गरी सही र यथार्थपरक तथ्यांकको  अध्यावधिक गर्न आग्रह गर्नुभयो। उहाँले सहकारी नियमन प्राधिकरणको समस्याका कारण सहकारी दर्ता अभिलेखिकरण नभएर बन्द हुने अवस्था नआओस् भन्ने सुझाव दिनुभयो।
    बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले प्राधिकरणको स्थापना भएको दश महिनाभित्रै सफ्टवेयर प्रणालीको सञ्चालन सुरुवात गरेर राम्रो र सराहनीय काम गरेको भन्दै सहकारी क्षेत्रमा देखिएका समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
    कार्यकारी निर्देशक सहसचिव डाक्टर शेषनाराण पौडेलले सहकारी नियमन प्राधिकरणले नियमन, सुपरिवेक्षण र अनुगमन गर्ने कार्यका लागि नियमाकीय मापदण्डहरु जारी गरेर नयाँ कानून जारी गर्ने सन्दर्भमा समेत अगाडि बढेको जानकारी गराउनुभयो। उहाँले प्राधिकरणले विभिन्न स्थानीय तहमा दर्ता भएको संस्थालाई अभिलेखिकरण गर्ने कार्य मात्रै गरेको हो भन्दै यी सबै प्रक्रिया विद्युतीय माध्यमबाट हुने छ भन्नुभयो।
    बचत तथा ऋणको कारोबार गर्ने मुख्य उद्देश्य राखेर देशभर दर्ता भएका सहकारीहरुको नियमन, सुपरिवेक्षण र अनुगमनका लागि नेपाल सरकारले २०८१ माघ १४ गते सहकारी नियमन प्राधिकरण गठन गरेको थियोे।—




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गरिने

    काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी

    आर्थिक सुधारका लागि चालु आवमा २७ नयाँ कानुन ल्याउँछौं :…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारलाई गति दिन सरकारले चालु आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने तयारी गरेको

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    नेप्सेमा सामान्य वृद्धि, ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली शेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ। नेप्से ०.२६ अंकले बढेर

    लाइसेन्स लिएका जलविद्युत् आयोजनाको नियमित अनुगमन गर्न ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लाइसेन्स प्राप्त जलविद्युत् आयोजनाको कामको नियमित अनुगमन र फलोअप गर्ने प्रणाली विकास

    Techie IT