बङ्गलादेशका पूर्वप्रधानमन्त्री जिया रिहा
ढाका । बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई वर्षौंको नजरबन्दबाट रिहा गरिएको छ ।
जियालाई उनका कट्टर शत्रु शेख हसिनालाई प्रधानमन्त्री पदबाट अपदस्थ गरेपछि र प्रदर्शनकारीहरूले उनको घरमा आक्रमण गरेपछि रिहा गरिएको हो । प्रदर्शनकारीहरूको विरोधपछि हसिना मुलुक छाडेर भागेकी थिइन् ।
दुई महिलाबीचको उग्र प्रतिद्वन्द्विताले मुस्लिम–बहुल राष्ट्रमा दशकौँदेखि राजनीतिलाई परिभाषित गरेको छ । अठहत्तर वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको कारागार सजाय सुनाइएको थियो ।
छयत्तर वर्षीय हसिनालाई जनप्रदर्शनपछि सोमबार अपदस्थ गरिएको थियो । सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरे । त्यसपछि जियालगायत विरोध प्रदर्शनका कैदीहरूलाई रिहा गर्ने आदेश जारी गरिएको थियो ।
जिया प्रमुख विपक्षी बङ्गलादेश नेशनल पार्टी (बिएनपी) को अध्यक्ष हुन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सिन्धु त्रिवेणीघाटको सम्भावना
- २ कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको विस्फोटक इनिङ्स
- ३ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ४ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद्, अस्पताल र बीमा बोर्डका रिक्त पदमा आवेदन आह्वान
- ५ भारतले बंगलादेशलाई ३–१ ले हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि जित्यो
- ६ रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले
- ७ राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ २२ पैसा बिक्रीदर

तपाईको प्रतिक्रिया दिनुहोस