बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो
काठमाडौँ । बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकाको कलेजमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
बंगलादेशको मिडिया डेली स्टारका अनुसार कलेजमा कक्षा चलिरहेको बेला भएको एयर फोर्सको जेट दुर्घटनामा २० जनाको मृत्यु भएको र ७ जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना विद्यालयका विद्यार्थी रहेको धेरै जस्तो १२ बर्षभन्दा कम उमेरका रहेको बताइएको छ । त्यस्तै ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र कैयौंको अवस्था गम्भीर रहेको बताइएको छ ।
विमान ढाकाको उत्तरा मोडेल टाउनको सेक्टर ११ स्थित गरिब-ए-नेवाज एभिन्यूमा रहेको माइलस्टोन स्कूल र कलेजको मुख्य क्याम्पसमा खसेको थियो ।
बंगलादेश वायुसेनाले दुर्घटनाको अनुसन्धान गर्न र यसको कारण पत्ता लगाउन उच्चस्तरीय समिति गठन गरेको छ । सेनाले पाइलट, फ्लाइट लेफ्टिनेन्ट तौकिर इस्लाम, नियमित प्रशिक्षण मिसनमा रहेको र जेटको यान्त्रिक विफलताको सामना गरेपछि दुर्घटना भएको जनाएको छ । साथै सेनाले वास्तविक कारण अनुसन्धानपछि पत्ता लाग्ने बताएको छ ।
सेनाले पाइलटले विमानलाई घना बस्ती भएका क्षेत्रहरूबाट टाढा लैजान खोजेको तर उनको प्रयासका बाबजुद विमान स्कूल भवनमा ठोक्किएको बताएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- २ नेपालमा परेको विपत्तिप्रति माल्दिभ्सको ऐक्यबद्धता, खनाल–आदमबीच फोनवार्ता
- ३ सैनिक पोशाक प्रयोग गरेको विवादमा आएको ‘ग्रिन आर्मी’को दर्ता खारेज
- ४ भोटेकोशी बाढीका कारण २३औँ निजामती सेवा दिवसका कार्यक्रम रद्द
- ५ एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल
- ६ जेनजी आन्दोलनको एक वर्ष : आज शहीद दिवस मनाइँदै
- ७ सप्तकोशीको बहाव खतराको तहमा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस