बंगलादेशले नेपालको ४० मेगावाट बिजुली किन्ने , क्याबिनेट समितिबाट स्वीकृत
काठमाडौं । बंगलादेशले नेपालको बिजुली किन्ने निश्चित भएको छ ।
बंगलादेश सरकारको मन्त्रिपरिषद् (क्याबिनेट) मातहत सार्वजनिक खरिदसम्बन्धी समितिले मंगलबार नेपालबाट ४० मेगावाट बिजुली प्रतियुनिट ८.१७ टाका (९.२७ रुपैयाँ) मा किन्ने गरी निर्णय गरेको हो ।
बंगलादेशले पाँच वर्षे सम्झौता गरी नेपालबाट बंगलादेश बिजुली लैजान चाहेको छ । नेपालबाट भारत हुँदै बंगलादेश बिजुली निर्यात हुनेछ । नेपालबाट भारतीय भूमि हुँदै बिजुली लैजाँदा भारतलाई शुल्क तिर्नुपर्ने हुन्छ ।
यस्तो शुल्क ०.०५९५ रुपैयाँ हुने बंगलादेशी सञ्चारमाध्यम ‘द डेली स्टार’ ले लेखेको छ । बंगलादेशले भारतीय कम्पनीहरूबाट किन्दै आएको भन्दा नेपालबाट सस्तो मूल्यमा बिजुली पाउने समेत समाचारमा उल्लेख छ ।
बंगलादेशले नेपालबाट ५ सय मेगावाट विजुली किन्न चाहेको छ । नेपाल भारत ढल्केबर-मुजफ्फरपुर क्रस बोर्डर ट्रान्समिसन लाइन र भारत-बंगलादेश-बरामपुर-भेरमारा क्रस बोर्डर ट्रान्समिसन लाइन हुँदै नेपालको बिजुली बंगलादेश जाने छ ।
अब नेपाल, भारत र बंगलादेशका नियामकीय निकायबीच त्रिपक्षीय सम्झौता गरी बिजुली निर्यात सुरु हुने बताइएको छ । सम्झौताको मिति भने अझै तय भएको छैन ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ४ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ५ कांग्रेस संस्थापनइतर पक्षद्वारा महाधिवेशनसहित सबै निर्णय यथास्थितिमा राख्न माग
- ६ आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस