काठमाडौं । अनौपचारिक परिणामहरूले तारिक रहमान नेतृत्वको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले बलियो अग्रता लिएको देखिएको छ ।बंगलादेश निर्वाचन आयोगबाट अझै आधिकारिक परिणाम घोषणा भएका छैन । आयोगले शुक्रबार कुनै समयमा परिणाम सार्वजनिक गर्ने अपेक्षा गरिएको अलजजिराले जनाएको छ ।
यसैबीच, बीएनपीले सामाजिक सञ्जालमार्फत बहुमत प्राप्त गरेको दाबी गरेको छ । अर्को सरकार गठन गर्ने बताउँदै बीएनपीले सामाजिक सञ्जालमा पोस्ट सेयर गरी आफ्नो जितको उत्सव मनाएको छ ।“बीएनपीले बहुमत सिट जितेर सरकार गठन गर्न तयार छ,” बीएनपी मिडिया सेलले भनेको छ, “बीएनपी र यसका सहयोगीहरूले २११ सिट जितेका छन्, दुई–तिहाइ बहुमत सुनिश्चित भएको छ ।”
स्थानीय प्रसारक जमुना टेलिभिजनले बीएनपी र यसका सहयोगीहरूले २११ सिट जितेको र सदनमा दुई–तिहाइ बहुमत हासिल गरेको बताएको छ ।प्रसारकका अनुसार, जमात–ए–इस्लामी गठबन्धनले ७० सिट जितेको छ भने अन्य पार्टीहरूले ६ सिट जितेका छन् ।२९९ निर्वाचन क्षेत्रमध्ये २८७ क्षेत्रमा परिणाम घोषणा भइसकेका छन् ।
मतगणना जारी छ र स्थानीय मिडियाहरूले जिल्लाका रिटर्निङ अफिसरहरूले घोषणा गरेका प्रारम्भिक तालिकाका आधारमा परिणामहरू रिपोर्ट गरिरहेका छन् । तर, निर्वाचन आयोगको परिणाम वेबसाइट आइसकेको छैन ।
आयोगले आगामी केही घण्टाभित्र परिणाम घोषणा गर्ने अपेक्षा गरिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे
- २ कर्णाली बस दुर्घटनामा उद्धार ढिलो भएको भन्दै सांसद ज्ञानेन्द्र शाहीको सरकारमाथि तीव्र आलोचना
- ३ रास्वपाको नयाँ विधान : कार्यकारी र अनुशासन संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य
- ४ उखु किसानको ९२ प्रतिशत भुक्तानी सम्पन्न, अनुदान रकम असार २५ भित्र खातामा आउने
- ५ प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफल हुने
- ६ संविधानका आधारभूत विषय चलाए देश दुर्घटनामा पर्न सक्छ : हर्क साम्पाङ
- ७ प्रधानमन्त्री बालेन्द्र शाहको निजी क्षेत्रसँग छलफल

तपाईको प्रतिक्रिया दिनुहोस