बंगलादेशका प्रधानमन्त्रीको सपथ समारोहमा परराष्ट्रमन्त्री शर्मा सहभागी हुने
काठमाडौं । बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री शर्मालाई उक्त समारोहमा सहभागी हुन जान भनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।
बीएनपीका प्रमुख तारिक रहमानले प्रधानमन्त्रीको सपथ लिँदैछन् । उनको सपथ ग्रहण समारोह मंगलबार हुँदैछ ।
आजै परराष्ट्रमन्त्री शर्मा बंगलादेशको ढाका जाँदैछन् ।भ्रमणका क्रममा मन्त्री शर्मासँग परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि सहभागी रहेका छन् । परराष्ट्रमन्त्री शर्मा फागुन ७ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ३ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ४ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ५ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ६ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ७ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग

तपाईको प्रतिक्रिया दिनुहोस