Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियफ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ

    फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ


    काठमाडौँ । फ्रान्समा यस वर्ष दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो डढेलो क्षति भएपछि आगलागीको कारणबारे बहस चर्किएको छ।

    भीषण गर्मी, लामो समयदेखिको खडेरी र जलवायु परिवर्तनले आगो फैलिन अनुकूल अवस्था सिर्जना गरे पनि फ्रान्सेली अधिकारीहरूले अधिकांश डढेलो मानवीय गतिविधिका कारण सुरु भएको बताएका छन्।

    अभिलेखअनुसार फ्रान्समा हुने करिब १० मध्ये नौ वटा डढेलो मानिसकै कारण सुरु हुने गरेको देखिएको छ। यही आधारमा सरकारले जानाजानी आगो लगाउने तथा लापरवाहीका कारण आगलागी गराउनेमाथि कारबाही तीव्र पारेको छ। यद्यपि ठूलो संख्यामा पक्राउ गरिएको विषयमा कानुनी विज्ञहरूले प्रश्नसमेत उठाएका छन्।

    फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार जानाजानी वा दुर्घटनावश आगलागी गराएको आरोपमा ४२० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा १६६ जना नाबालिगसमेत छन्।

    दक्षिण–पूर्वी फ्रान्सको वार क्षेत्रमा एक २३ वर्षीय पुरुषले पाँच दिनको अवधिमा जानाजानी १० वटा आगो लगाएको आरोप लागेको छ। दोषी ठहरिएमा उनलाई १५ वर्षसम्मको जेल सजाय र १ लाख ५० हजार युरोसम्म जरिवाना हुनसक्ने बताइएको छ।

    त्यस्तै, केही अभियुक्तलाई पक्राउपछि छिट्टै अदालतमा उपस्थित गराएर सजायसमेत सुनाइएको छ। भोसज क्षेत्रको राओन–ला–उएटापे जंगलमा तीन पटक आगो लगाएको आरोप लागेका एक व्यक्तिलाई तीन वर्षको जेल सजाय सुनाइएको छ। उक्त घटनामा केही वर्गमिटर वनस्पति मात्र जलेको बताइएको छ।

    फ्रान्समा डढेलोको जोखिम बढिरहेका बेला मानवीय गतिविधि, जलवायु परिवर्तन र आगलागी नियन्त्रणका उपायलाई लिएर बहस थप तीव्र बनेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अमेरिकाले नेपाली पुरातात्त्विक तथा सांस्कृतिक सामग्री आयातमा कडाइ गर्दै

    काठमाडौं ।  अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले नेपालबाट पुरातात्त्विक तथा सांस्कृतिक सामग्री आयातमा कडा प्रतिबन्ध लगाउने अन्तिम नियम जारी

    होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने ट्रम्पको दाबी, इरानले भन्यो–…

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने बताएका छन् ।

    होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने ट्रम्पको दाबी, इरानले भन्यो–…

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने बताएका छन् ।

    ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने…

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वार्ता टोलीलाई इरानसँगको वार्ता तत्काल रोक्न निर्देशन दिएका छन् । इरान कुनै सम्झौताका

    कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भवनमा क्षति, केही घाइते

    काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। कोलम्बियाली भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ः३४ बजे भूकम्प

    नेतन्याहुद्वारा ट्रम्पको गाजा शान्ति योजना अस्वीकार, ‘हमास निःशस्त्र नभएसम्म सेना…

    काठमाडौँ ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनाप्रति असहमति जनाएका छन्।

    Techie IT