Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिफोहोर राजनीति सफा गर्दै ८२–८७ लाई स्वर्णिमकाल बनाउँछौं : गगन थापा

    फोहोर राजनीति सफा गर्दै ८२–८७ लाई स्वर्णिमकाल बनाउँछौं : गगन थापा


    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी चुनावलाई बाध्यताको चुनाव भएको बताएका छन् । नेपाली कांग्रेसले सुर्खेतमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले अहिलेको चुनाव नेपालका लागि संविधानलाई सही ट्रयाकमा राख्न अनिवार्य सर्तसमेत भएको उल्लेख गरे ।

    सभापति थापाले ७४ सालपछि संबिधान बनेपछिका ४-५ बर्ष दुर्भाग्यपूर्ण भएको भन्दै त्यो समय सरकार बनाउने र ढाल्नेमा बितेकोले जनतामा चरम निराशामा आएको स्पष्ट गरे ।  उनले ८२ देखि ८७ सम्मको पाँच बर्ष एउटा मौका दिन मतदातालाई आग्रह गर्दै देशको अहिलेसम्मको सुनौलो समय बनाउने संकल्प गरेको बताए ।

    उनले भने,  ‘यो देशमा अब सरकारको गोलीबाट कुनै व्यक्तिको ज्यान जानु हुँदैन । यो देशमा कुनै मुकुण्डोधारीले नकाब लगाएर सिंहदरबार जलाउन पनि पाउनु हुन्न । यो अवस्था सिर्जना गर्नुपर्नेछ । त्यसको लागि चुनावमा जाँदै गर्दा भाद्र २३ र २४ लाई हामीले हेर्नैपर्छ । एउटा परवृत्ति छ भाद्र २३ र २४ गते जे भयो त्यसलाई उसले इन्कार गर्छ । २३ र २४ गते अगाडि सबैले दुधभात खाएका थिए देश ठिक थियो । नेपाली कांग्रेस भिन्न सोचका साथ उभिएको छ । नेपालको राजनीति फोहोर भएको छ । गठबन्धनको राजनीतिले नेपालको समग्र राजनीतिलाई दूषित बनाएको छ । त्यसैले नेपाली कांग्रेस एउटा संकल्पका साथ यो फोहोर राजनीतिलाई हामी सफा गर्छौं । यो प्रदूषित राजनीतिलाई हामी सफा गर्छौं । ८२ देखि ८७ सम्मको पाँच वर्ष हामी देश र जनतालाई स्वर्णिमकाल हामी बनाउँछौं भन्ने सपना बोकेर आएका छौं ।’

    सभापति थापाले अहिलेको प्रश्न कर्णालीको गरिबी किन हटेन भन्ने प्रश्न भएको बताउदै कर्णालीको समस्याको जारामा पुग्नु पर्ने बताए । उनले कर्णालीको प्रमुख मुद्धा संबिधान परिवर्तन गरेर, कानुन बदलेर, काठमाडौँबाट कर्णालीको हक लिएर गर्नुपर्ने बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

    काठमाडौँ । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको कुल मूल्यको

    Techie IT