Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारफिर्केखोला अतिक्रमण हटाउने अभियान दोस्रो दिन पनि जारी, पोखरामा कोरिडोर र साइकल ट्र्याक निर्माण गरिने

    फिर्केखोला अतिक्रमण हटाउने अभियान दोस्रो दिन पनि जारी, पोखरामा कोरिडोर र साइकल ट्र्याक निर्माण गरिने


    पोखरा । महानगरपालिकाले फिर्केखोलाको खोला घरमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान दोस्रो दिन पनि निरन्तर अघि बढाएको छ।

    महानगरले पोखरा–७ र ८ को सिमाना जिरो किलोमिटर, पोखरा–४ र ५ को सिमाना बुढानीलकण्ठ मन्दिर क्षेत्र तथा पोखरा–१८ र २ को सिमाना अधेरीकुनादेखि वडा नं. ४ तर्फका क्षेत्रमा आज बिहान १० बजेदेखि पुनः डोजर चलाएर संरचना हटाउने काम सुरु गरेको हो।

    फिर्केखोला नापजाँच प्रतिवेदन–२०८० अनुसार खोलामाथि अतिक्रमण गरी निर्माण गरिएका संरचनाको संख्या १६० पुगेको छ। तीमध्ये व्यक्तिगत रूपमा निर्माण गरिएका ३५ स्थायी र ९७ अस्थायी संरचना रहेका छन्। साथै विभिन्न संस्थाका नाममा निर्माण गरिएका १८ स्थायी र १० अस्थायी संरचना पनि खोलाघरभित्र परेको प्रतिवेदनमा उल्लेख छ।

    महानगरपालिकाले अतिक्रमित संरचना हटाएर फिर्केखोलाको संरक्षण, विकास तथा सौन्दर्यीकरण गर्ने योजना अघि सारेको जनाएको छ। योजना अनुसार खोलाको दायाँ–बायाँ साइकल ट्र्याक, फुटपाथसहितको कोरिडोर निर्माण गरिनेछ। साथै फिर्केखोलालाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य महानगरको छ।

    नगर प्रमुख धनराज आचार्यले फिर्केखोला पोखराको सभ्यतासँग जोडिएको महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षण वातावरण र पर्यावरणका दृष्टिले पनि आवश्यक रहेको बताएका छन्।

    यस्तै वातावरण संरक्षणका लागि महाअभियान नेपालका संयोजक राम बहादुर पौडेलले महानगरपालिकाको संरक्षण अभियानमा नागरिक समाजको पूर्ण साथ रहने बताएका छन्।

    फिर्केखोलाको खोलाघर खाली गराउने अभियानमा महानगरका जनप्रतिनिधिहरूले सक्रिय सहभागिता जनाइरहेका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT