Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन १९ सोमबार

    अपडेट
    गृहपृष्ठ ∕ खेलकुद ∕ फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने

    फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने


    काठमाडौँ । फिफाको निलम्बन फुकुवा नभएपछि नेपालले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप गुमाउने भएको छ ।

    दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीबार प्रतियोगिताको अन्तिम खेल तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकामा नेपाललाई समावेश गरिएको छैन ।

    यसअघि साफले सेप्टेम्बर १५ मा प्रारम्भिक खेल तालिका सार्वजनिक गर्दै फिफाको निलम्बन फुकुवा भए नेपाललाई समावेश गरेर तालिका परिमार्जन गर्ने जनाएको थियो । गत अगस्ट १ मा समूह विभाजन सार्वजनिक गर्दा पनि साफले निलम्बन सेप्टेम्बर ३० सम्म फुकुवा हुने अपेक्षा गरेको जनाएको थियो ।

    तर निर्धारित समयसम्म निलम्बन फुकुवा नभएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

    योसँगै नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने भएको छ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपका यसअघिका सबै संस्करणमा नेपाल सहभागी हुँदै आएको थियो । नेपालले प्रतियोगितामा एकपटक उपविजेताको उपाधिसमेत जितेको छ ।

    साफका अनुसार प्रतियोगिता आगामी नोभेम्बर ५ देखि बंगलादेशमा सुरु हुनेछ । समूह चरणका खेल नोभेम्बर ११ सम्म सञ्चालन हुनेछन् । सेमिफाइनल नोभेम्बर १४ र फाइनल नोभेम्बर १७ मा हुनेछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा खोल्यो पदकको खाता, चीनको अग्रता…

    काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा आएर पदकको खाता खोलेको छ। पुरुष कुमिते ८४ केजीमाथिको

    एसियाडमा नेपालको पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष

    एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल

    काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत आज हङकङ चाइनासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली

    साउदी अरेबियामाथि नेपालको शानदार जित, लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश

    काठमाडौं ।  नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा साउदी अरेबियाले

    एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित नेपाली टोली मलेसिया प्रस्थान गर्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

    Techie IT