काठमाडौँ । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालविरुद्ध माउन्टेन टेलिभिजनले हालेको रिट निवेदन खारेज गरेको छ ।न्यायाधीश सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलाशले रिट खारेज गरेको हो ।
२०७७ असार ३१ गते माउण्टेन टेलिभिजनबाट पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको प्रवक्तालगायत अत्यन्त अपमानजनक र आपत्तिजनक शब्द प्रयोग गरी समाचार प्रसारण गरेको भन्दै कारबाहीका लागि पूर्वप्रधानमन्त्री भट्टराईका प्रेस संयोजक विश्वदीप पाण्डेले दिएको उजुरीका आधारमा काउन्सिलले सञ्चार माध्यमलाई कारबाही गरेको थियो ।
२०७७ साउन १ गते परेको उजुरीका आधारमा काउन्सिलले सञ्चार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको र काउन्सिलको आदेश कार्यान्वयनसमेत नगरेपछि पत्रकार आचारसंहिता, २०७३ को ७ (१) (ज)बमोजिम अवज्ञाकारी/कालोसूचीमा राखी गरेको कारबाही विधिसम्मत रहेको अदालतबाट भएको रिट खारेजबाट प्रष्ट भएको छ । रिट निवेदनमाथि काउन्सिलका तर्फबाट अधिवक्ताहरु अनन्तराज लुईटेल, झबिन्द्र भुसाल, कृतिनाथ शर्मा र विकास भट्टराई समेतले बहस गरेका थिए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ प्रधानमन्त्री बालेन्द्र शाहको निजी क्षेत्रसँग छलफल
- २ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- ३ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ४ सहकारी बन्द होइन, सुधार गरेर व्यवस्थित गरिन्छ : मन्त्री प्रतिभा रावल
- ५ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ६ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ७ प्रतिनिधिसभाबाट पर्यटन विधेयक समितिमा, दफावार छलफलका लागि सर्वसम्मत स्वीकृति

तपाईको प्रतिक्रिया दिनुहोस